एमाले आज

महत्वपूर्ण प्रस्ताव पारित गर्दै प्रवासी नेपाली मञ्च युरोपको प्रथम अधिवेशन सम्पन्न 

सेयर गर्नुहोस्

२४ भदौ (२०८३), काठमाडौं । स्पेनको वार्सिलोनामा सम्पन्न प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीको प्रथम ऐतिहासिक अधिवेशनले शालिकराम थपलियाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्नुका साथै विभिन्न महत्वपूर्ण प्रस्तावहरु पारित गरेको छ । 
अधिवेशन नेकपा (एमाले)का सचिव एवं संगठन विभाग प्रमख भानुभक्त ढकालको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य एवं यूरोप(ओसियाना ईन्चार्ज संजय थापा, केन्द्रीय सदस्य महेश बर्तौला, केन्द्रीय सदस्य आरसी लामिछाने समेतको आतिथ्यमा सम्पन्न भएको थियो । 
अधिवेशनले निवर्तमान संयोजक मुक्त बहादुर गुरुङको राजनैतिक तथा सचिव शालिक थपलियाले प्रस्तुत गर्नुभएको सांगठानिक एवं आर्थिक प्रतिवेदन छलफल पश्चात सर्वसम्मतिले पारित गरेको थियो । अधिवेशनले निम्न लिखित प्रस्तावहरु पारित गरेको छ । 

–अधिवेशनले भोटेकोशीमा आएको बाढीमा परी दिवङ्गत भएका सम्पूर्ण व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना जाहेर गरेको छ ।  साथै, उद्धारमा  खट्नुहुने सुरक्षाकर्मीहरु प्रति धन्यवाद व्यक्त गरेको छ । सरकारले सुरुङमा फसेका मानिसको उद्धारका लागि शीघ्र कदम नचाल्दा उद्धारमा ढिलाई हुनुको साथै स्वविज्ञताले बेपत्ताहरुको जीवनरक्षाको सवाल चुनौतीपूर्ण भएकोमा अधिवेशनले दुःख समेत व्यक्त गरेको छ । साथै विस्थापित जनताको पुनर्स्थापनाको लागि पूर्वाधारहरुको शीघ्र वैकल्पिक व्यवस्थाको लागि समेत  जोडदार माग गरेको छ । 
–प्रवासी नेपालीहरुको साझा मुद्धा नेपाली नागरिकताको निरन्तरताको सवालमा पार्टी सरकारमा हुँदा पर्याप्त ध्यान नपुगेको ठहर गर्दै आगामी दिनमा सरकारमा होस वा सरकार बाहिर रहँदा यस्ता मुद्दामा प्रष्ट धारणासहित सम्बोधनको लागि अधिवेशनले जोडदार माग गरेको छ । 
–यतिबेला पार्टीले विषम परिस्थितिको सामना गर्नुपरिरहेको छ । यस्तो समयमा पार्टीभित्र समस्या सिर्जना हुनेगरी नेताहरुको सार्वजनिक टिकाटिप्पणीप्रति अधिवेशनको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता क्रियाकलाप बन्द गरी सूुक्ष्म समीक्षासहित नेतृत्वगणको विवेक र वैधानिक समाधानको लागि अधिवेशनले आह्वान गरेको छ । 
–अहिले युरोप नयाँ श्रम गन्तव्यको रुपमा रहेको छ । सुरक्षित आप्रवासनको लागि सरोकारवालाहरु र सरकारको गम्भीर ध्यान जाओस् भन्ने अधिवेशनले माग समेत गरेको छ । 
–अधिवेशनले कार्बन उत्सर्जन गर्ने विकसित देशसँग जलवायु परिवर्तनले पारेको असरको क्षतिपूर्ति  र पूर्वाधार निर्माणमा उल्लेख्य सहयोगका लागि संयुक्त राष्ट्र सङ्घ लगायत अन्तर्राष्ट्रिय मञ्चमा माग गर्न ध्यानाकर्षण गरेको छ । 
अधिवेशनले प्रमुख अतिथि, अतिथिहरु र अधिवेशन सफल पार्न सहयोग पुर्याउनेहरुप्रति आभार तथा धन्यवाद ज्ञापन गर्नुका साथै नयाँ नेतृत्वलाई बधाईका साथै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ ।  

 

 

हामीसँग जोडिनुहोस्