२६ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले)को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठक आज कार्यदलका संयोजक तथा पार्टीका उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बस्यो ।
बैठकमा कार्यदलका संयोजक थापाले महासचिव तथा कार्यदलका सदस्य सचिव शंकर पोखरेलले तयार गर्नुभएको प्रतिवेदनसँगै आफ्नो पनि ‘डकुमेन्ट’ रहेको भनि एकै पटक दुईवटा ‘डकुमेण्ट’ पेश गर्नुभएको थियो । दुबै ‘डकुमेन्ट’ अध्ययनका लागि कार्यदलका सदस्यहरूलाई समय दिइएको छ ।
शनिबार कार्यदलको आवासीय बैठक बसेर एउटै प्रतिवेदन तयार हुनेछ । सचिवालय बैठक र आगामी असोज ५–७ गतेको केन्द्रीय कमिटी बैठकका लागि कार्यदलको आवासीय बैठकले तयार गरेको एउटै ‘प्रतिवेदन’ छलफलका लागि पेश हुनेछ ।
