एमाले आज

स्थानीय तह निर्वाचन अघि स्थानीय कमिटीका अधिवेशन

सेयर गर्नुहोस्

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । 
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा २०८३ असोज २२ गते बसेको स्थायी कमिटीको बैठकले पार्टीका वडा कमिटीहरुको अधिवेशन आगामी मङ्सिर २६ गते र पालिका तहको अधिवेशन आगामी पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको छ । 
बैठकले मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरुको सहभागिता रहने भएको छ । पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गरिने भएको छ ।
नेकपा (एमाले) को यही असोज ५–८ गतेसम्म ललितपुरमा बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीका तत्कालका दुई प्रमुख कार्यभार निर्धारण गरेको र आगामी निर्वाचनको तयारी एउटा प्रमुख कार्यभारका रुपमा अगाडि सारेको छ । निर्वाचनमा सफलता प्राप्त गर्न सिङ्गो पार्टी निर्वाचनका लागि योजनाबद्ध रुपमा तयारीमा लाग्नु जरुरी रहेको निष्कर्षका साथ एमाले अब नतिजा नाप्ने संगठन बन्नुपर्ने निर्णय गरेको थियो । 

हामीसँग जोडिनुहोस्