एमाले आज

स्थायी कमिटी बैठक सम्पन्नः केन्द्रीय कमिटी सदस्यमा १३ जना मनोनीत 

सेयर गर्नुहोस्

२४ असोज (२०८३), काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको बैठक केन्द्रीय कमिटीमा मनोनयन, राष्ट्रिय भेला आयोजना र स्थानीय तहका अधिवेशनको मिति निर्धारण लगायत महत्वपूर्ण निर्णय गर्दै आज सम्पन्न भएको छ । 
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा (असोज २२–२४) बसेको बैठकले केन्द्रीय कमिटी सदस्यमा १३ जनालाई मनोनीत गरेको छ । 
बैठकले आगामी मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने, मङ्सिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका कमिटीका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । 
बैठकको तेस्रो दिन आज स्थायी कमिटीले सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पङ्गेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथ प्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा)। र तेजेन्द्र केसी (रुपन्देही)लाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ । 
बैठकपछि जारी प्रेस वक्तव्य यस प्रकार छः

हामीसँग जोडिनुहोस्