२७ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुत्र वियोगको शोकमा पर्नुभएका विख्यात प्रगतिशील साहित्यकार मोदनाथ प्रश्रितप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
साहित्यकार प्रश्रितका छोरा डा. विजय पौडेलको हिजो असामयिक निधन भएको थियो । स्व. डा. पौडेल विगतमा लामो समय नेकपा (एमाले)मा रहेर रुपन्देहीको जिल्ला नेतृत्वदेखि केन्द्रीय कमिटी सदस्यका रुपमा काम गर्नुभएका नेता हुनुहुन्थ्यो ।
अध्यक्ष ओली आज थानकोट, चेकपोष्टस्थित प्रश्रितको निवास पुगेर डा. पौडेलको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै कम्युनिष्ट आन्दोलनका सहयोद्धा प्रश्रित र शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभयो । अध्यक्ष ओलीका साथमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल लगायत नेताहरु पनि समवेदना व्यक्त गर्न प्रश्रित निवास जानुभएको थियो ।
अध्यक्ष ओलीद्वारा साहित्यकार प्रश्रितप्रति समवेदना व्यक्त
सेयर गर्नुहोस्
