२९ कात्तिक (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वले प्रकृतिका स्रोतप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था जगाउँदै सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिने बताउनुभएको छ ।
छठ पर्वका अवसरमा आज सामाजिक सञ्जाल फेसबुक पेजमार्फत् दिनुभएको शुभकामनामा अध्यक्ष ओलीले छठ शुद्धता, संयम र निष्ठाको पर्व भएको उल्लेख गर्नुभएको छ । यस पावन पर्वले सूर्यको उपासनामार्फत् आरोग्य, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गर्ने उहाँले बताउनुभएको छ ।
अध्यक्ष ओलीले लेख्नुभएको छ–
छठ उत्सवको शुभकामना !
शुद्धता, संयम र निष्ठाको यस पावन पर्वले सूर्यको उपासनामार्फत आरोग्य, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गर्दछ । प्रकृतिका स्रोतप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था जगाउँदै सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिन्छ ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा कृतज्ञता र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा नयाँ आशाको सञ्चार होस् ।
