३ मङ्सिर (२०८३), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको चौथो बैठक अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा संक्षिप्त रूपमा सम्पन्न भएको छ । पार्टीको राष्ट्रिय भेला समापन लगत्तै कार्की बैङ्क्वेट, माइतीघर हाइटमा बैठक बसेको थियो ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमरेड ओलीले राष्ट्रिय भेलाबाट प्राप्त निष्कर्षहरूको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो । उहाँले पार्टीका तत्कालीन दुई कार्यभार र १५ कामलाई केन्द्रमा राखेर प्रदेश, जिल्ला तथा पालिका कमिटीहरूले आवश्यक योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
बाँकी रहेका संगठनात्मक काम तथा कार्यविभाजनसम्बन्धी आवश्यक निर्णय पार्टीको सचिवालय वा स्थायी कमिटीबाट गरिने अध्यक्ष कमरेडले जानकारी गराउनुभयो । बैठकमा केन्द्रीय कमिटीमा मनोनीत सदस्य कमरेड श्रीप्रसाद शर्माले शपथ ग्रहण गर्नुभएको थियो ।
