९ मङ्सिर (२०८३), राजविराज (सप्तरी) । सप्तरीमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालका चारसयभन्दा बढी स्थानीय नेताकार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
सप्तरीको तिरहुत गाउँपालिकामा आज नेकपा (एमाले)द्वारा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय समितिका सचिव नारायण महरान यादव, वडा कमिटीका सभापति रामप्रसाद यादव र दुर्गानन्द हजारा तीनसयजना कार्यकर्ता तथा समर्थकहरूसहित एमालेमा प्रवेश गर्नुभएको छ । त्यसैगरी जसपा नेपालका पूर्व उपाध्यक्ष तीर्थमाया खङ र जगदीश साह एकसयजना कार्यकर्ता र समर्थकसहित एमालेमा प्रवेश गर्नुभएको छ ।
नवप्रवेशीहरूलाई नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, केन्द्रीय सदस्य राजकुमार लेखी र नेता सुमनराज प्याकुरेलले खादा लगाई पार्टीमा स्वागत गर्नुभयो । कार्यक्रम नेकपा (एमाले) तिरहुत गाउँपालिका कमिटीका अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा भएको थियो ।
सप्तरीमा नेपाली कांग्रेस र जसपा नेपालका चारसय कार्यकर्ता एमालेमा प्रवेश
सेयर गर्नुहोस्
