detail-img

‘देश गम्भीर आर्थिक सङ्टकमा छः उपाध्यक्ष पौडेल  

सुर्खेत । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले देश कहालीलाग्दो आर्थिक समस्यामा फस्दै गएको तर अहिलेको सरकारले  त्यसको कुनै प्रवाह नगरेको बताउनुभएको छ । 
सुदूरपश्चिम प्रदेशको अछाम जानेक्रममा आइतबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा पौडेलले वर्तमान सरकार देशका समस्या समाधान भन्दा पद बाँडफाँटमा केन्द्रित रहेको बताउनुभएको हो । 
देश कल्पनाभन्दा बाहिरको आर्थिक समस्यामा फस्दै गए पनि सरकारले त्यसबारेमा केही पनि नसोचेको पौडेलले जिकिर गर्नुभयो । हालसम्म पनि अर्थमन्त्री नियुक्त नगर्नुले सरकार त्यसबारे गम्भीर नभएको पुष्टि हुने पौडेलको भनाई छ । 
यस्तै विश्वासको मत पाएको एकसाता वितिसक्दा पनि गठबन्धनले मन्त्रीमण्डल विस्तार नगरेर तमासा गरिरहेको बताउनुभयो । उहाँले अहिलेको प्रतिनिधिसभाबाट राजनीतिक स्थायित्व कायम नहुने स्पष्ट देखिएको पनि बताउनुभयो । राजनीतिक स्थायित्व र विकासका लागि आगामी निर्वाचनबाट एमालेले एकल बहुमत प्राप्त गर्नुपर्छ भन्ने बुझाइका साथ आफूहरू पार्टीका गतिविधिमा केन्द्रित भएको पौडेलले बताउनुभयो । पौडेल एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानका क्रममा सुदूरपश्चिम जानुभएको हो