एमाले आज

बाढी पीडितको राहत सहयोगका लागि जाने सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई विदाई

सेयर गर्नुहोस्

२६ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित नुवाकोट र रसुवामा राहत तथा पुनर्स्थापनाका लागि खटिन लागेको सम्पर्क विशेष सङ्गठन कमिटीको टोलीलाई बिदाइ गर्नुभएको छ । 
शुक्रबार टोलीलाई बिदाइ गर्दै अध्यक्ष ओलीले बाढी प्रभावित क्षेत्रमा पुगेर पीडितको अवस्था बुझ्न, आवश्यक राहत उपलब्ध गराउन तथा उद्धार कार्यमा प्रभावकारी रूपमा सहयोग गर्न निर्देशन दिनुभयो । 
नेकपा (एमाले) सम्पर्क विशेष सङ्गठन कमिटीले बाढी प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले टोली परिचालन गरेको हो । टोलीले नुवाकोट र रसुवाका प्रभावित क्षेत्रमा पुगेर राहत वितरण तथा उद्धार कार्यमा सहयोग गर्ने जनाइएको छ ।
यस अघि नेकपा (एमाले) सम्बद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट), अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, भोलेण्टियर फोर्स, अखिल नेपाल महिला संघ, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन, रिटर्नी फेडरेशन लगायत जनसंगठनहरु र बाढी प्रभावित जिल्लाका पार्टीका जिल्ला, पालिका र वडातहका कमिटीहरु सुरुकै दिनदेखि नै पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाको काममा खटेका थिए । 

हामीसँग जोडिनुहोस्