एमाले आज

कार्यकर्तापङ्क्तिमा वैचारिक स्पष्टता, संगठनात्मक एकता र नयाँ ऊर्जा सञ्चार गर्न राष्ट्रिय भेला 

सेयर गर्नुहोस्

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी जीवनको पुनर्ताजगीकरण, वैचारिक स्पष्टता, संगठनात्मक एकता र कार्यकर्ता पङ्क्तिमा नयाँ ऊर्जा सञ्चार गर्ने उद्देश्यका साथ दुई दिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न लागेको हो ।
भेलाका मुख्य उद्देश्य–
राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता- वर्तमान राजनीतिक परिस्थिति, संविधान र लोकतन्त्रको रक्षाका सवालमा सम्पूर्ण पार्टीपङ्क्तिमा समान बुझाइ र दृष्टिकोण निर्माण गर्नु ।
वैचारिक तथा संगठनात्मक एकता सुदृढीकरण–तेस्रो केन्द्रीय कमिटी बैठकले कायम गरेको नीतिगत स्पष्टता र नेतृत्वको एकतालाई तल्लो तहसम्म पुर्याउँदै वैचारिक÷सांगठनिक सुदृढता कायम गर्नु ।
निराशा चिर्दै नयाँ उत्साह सञ्चार– विगतको निर्वाचन परिणामबाट उत्पन्न अनपेक्षित धक्का, निराशा र अन्योललाई चिर्दै कार्यकर्तामा नयाँ ऊर्जा, आत्मविश्वास र जागरण पैदा गर्नु ।
केन्द्रीय निर्णय र कार्यभारको कार्यान्वयन– पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित ‘दुई तात्कालिक कार्यभार र १५ काम’ मा सम्पूर्ण पार्टीपङ्क्तिलाई केन्द्रित र परिचालित गर्नु ।
संगठनात्मक गतिशीलता र अधिवेशनको तयारी– मङ्सिर २८ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन एकैदिन सम्पन्न गरी पार्टीपङ्क्तिमा अभूतपूर्व क्रियाशीलता र कार्य–तत्परता ल्याउनु ।
स्थानीय तहको निर्वाचन तयारी– आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखी पार्टीलाई विजयी गराउने रणनीतिक आधार र कार्ययोजना तय गर्नु ।
भेलाले दिने प्रमुख सन्देशहरू–एकताबद्ध र सुदृढ एमालेः पार्टी नीति, नेतृत्व र संगठनमा पूर्ण एकता कायम भइसकेको र पार्टी मजबुत रूपमा अघि बढेको सन्देश ।
निर्णायक राष्ट्रिय शक्ति निर्माणः पार्टीलाई राष्ट्रिय राजनीतिमा सम्झौताहीन निर्णायक शक्तिका रूपमा स्थापित गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्प ।
जनताको भरोसाको केन्द्रः निराशा र अन्योल चिर्दै नेकपा (एमाले) नै मुलुकको लोकतन्त्र, संविधान र समृद्धिको भरपर्दो पहरेदार भएको सन्देश प्रवाह ।
कार्यकर्तामा आधारित जीवन्त संगठनः पार्टीको वास्तविक शक्ति संगठित कार्यकर्तापङ्क्ति नै हो भन्ने मान्यताका साथ कार्यकर्ताको मनोबल र समर्पण भाव थप सुदृढ बनाउने प्रतिबद्धता ।

हामीसँग जोडिनुहोस्