एमाले आज

संगठन विभागको बैठकः महासचिवद्वारा केन्द्रीय कमिटीका निर्णय र सन्देश तल्लो तहका कमिटीसम्म पुर्याउन निर्देशन

सेयर गर्नुहोस्

९ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको तेस्रो बैठक पार्टीका महासचिव शंकर पोखरेलको उपस्थितिमा आज सम्पन्न भएको छ ।
पार्टीका सचिव एवं विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकमा पार्टीलाई थप सुदृढ, गतिशील, वैचारिक र विधिसम्मत बनाउने विषयमा गम्भीर छलफल तथा महत्त्वपूर्ण निर्णयहरू भएका छन् ।
बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको असली शक्ति सुदृढ, वैचारिक र विधिसम्मत संगठन भएको उल्लेख गर्दै मातहतका सबै कमिटी र निकायलाई सांगठनिक काममा पूर्ण निष्ठाका साथ खटिन निर्देशन दिनुभयो ।
उहाँले तेस्रो केन्द्रीय कमिटीका निर्णय र सन्देशहरूलाई सांगठनिक संरचनामार्फत तल्लो तहका कमिटीसम्म प्रभावकारी रूपमा पुर्याउने विषयमा जोड दिनु भयो ।
बैठकले पार्टी सदस्यता नवीकरणको हालको अवस्थाका साथै मातहतका विभिन्न पार्टी कमिटीहरूको कार्यशीलता र गतिशीलताको वस्तुनिष्ठ समीक्षा गरेको छ ।
साथै बैठकले पार्टी सम्वद्ध जनसंगठनहरूलाई थप क्रियाशील र नतिजामुखी बनाउने र पार्टीभित्र उच्च सांगठनिक अनुशासन कायम राख्न ठोस कदम चाल्ने निर्णय गरेको छ ।
बैठकमा पार्टी सदस्यता नवीकरण, पालिकास्तर सम्मका कमिटीका अधिवेशनका बारेमा छलफल गर्नुका साथै विभागको कार्ययोजना प्रस्ताव तयार गर्ने विषयमा छलफल भएको विभाग प्रमुख ढकालले बताउनुभयो । 

हामीसँग जोडिनुहोस्