काठमाडौँ । विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्ने क्रम तीब्र बनेको छ । यसक्रममा पुस ६ गते कपिलवस्तुको बहादुरगञ्जमा आयोजित विशाल कार्यक्रममा पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीले जनता समाजवादी पार्टी छाडेर नेकपा (एमाले) मा प्रवेश गर्नुहुने मंगलप्रसाद गुप्तालयायतका नेता–कार्यकर्तालाई स्वागत गर्नुभयो ।
कार्यक्रममा हजारौँ नेता–कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको थियो । उक्त कार्यक्रममा नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष कमरेड ओलीले आगामी निर्वाचनबाट नेकपा (एमाले) ले स्पष्ट बहुमत ल्याउने र देशको समृद्धिका लागि आफूले अघि सारेका एजेन्डाहरु लागू गर्ने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, कपिलवस्तु जिल्ला इन्चार्ज विमला घिमिरेका साथै नवप्रवेशीहरुका तर्फबाट मंगल गुप्ताले बोल्नुभएको थियो ।
उक्त कार्यक्रमपछि कपिलवस्तुमा नेकपा (एमाले) कसैले हराउन नसक्ने शक्तिका रुपमा विकास भएको अनुभव गरिएको छ । त्यस क्षेत्रका लोकप्रिय नेता गुप्ताको प्रवेशसँग निर्वाचित जनप्रतिनिधिहरु पनि प्रवेश गरेका छन् ।