detail-img

३०औं सचिवालय बैठकः इलाममा नेम्वाङ र बझाङमा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय

काठमाडौं । नेकपा (एमाले)ले इलाम निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालय, च्यासलमा आज बसेको ३०औं सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेम्वाङ पार्टीको केन्द्रीय कानुन विभाग सदस्य तथा पार्टीका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका छोरा हुनुहुन्छ । 
यसैगरी, सचिवालय बैठकले बझाङ प्रदेशसभा (क) को रिक्त सदस्य पदमा पार्टीका बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  
बैठकले पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिनुभएका ऐन महर (बझाङ)ले पार्टी काममा सक्रिय बन्ने प्रतिबद्धता जनाउनुभएकाले पुनः पार्टी केन्द्रीय सदस्य पदमा मनोनित गर्ने निर्णय गरेको छ ।
यस्तै, रुसको मस्कोमा आयोजित साङ्गीतिक कार्यक्रममा भएको आतङ्कवादी हमलाको बैठकले निन्दा र भत्र्सना गरेको छ ।