detail-img

अध्यक्ष ओलीसँग अमेरिकी राजदूतद्वारा शिष्टाचार भेट 

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डेन आर थम्पसनले आज शिष्टाचार भेट गर्नुभएको छ । 
अध्यक्ष ओलीको निवास बालकोटमा भएको भेटमा दुई मित्र राष्ट्रबीचको सौहार्दपूर्ण सम्बन्ध र आपसी सहयोगका बारेमा कुराकानी भएको थियो ।
भेटमा अध्यक्ष ओलीले आगामी मंसिर ४ गते हुने निर्वाचन, ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने पार्टीकोे गन्तव्य लगायतका विषयमा जानकारी गराउनुभएको थियो । अध्यक्ष ओलीले नवनियुक्त राजदूतको कार्यकाल सफलताको शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने कुरामा आफ्नो साथ समर्थन रहने वताउनुभएको थियो ।
सो अवसरमा नवनियुक्त अमेरिकी राजदूत थम्पसनले नेपालको विकासमा अमेरिकी सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।