काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले असभ्य प्रतिवाद, चरित्र हत्या, बदनाम गर्ने र अश्लील शैली अबलम्बन गरेर योजनाबद्ध ढङ्गले पुरान पार्टी भनेर प्रहार भइरहेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले नयाँ उदाएका भनिकाहरुको त्यो अभियानलाई जानेर, बुझेर, देखेर पनि चेतनाले प्रतिवाद गर्न नसकिएको बताउनुभएको छ ।
लगानी र जनशक्तिका हिसाबले पनि प्रतिवाद गर्न नसकिएको उहाँले बताउनुभयो । पार्टीको प्रदेश कमिटीका सचिवालय सदस्यहरुलाई यसै साता भर्चुअल सम्बोधनका क्रममा अध्यक्ष ओलीले भन्नुभयो– तथ्य, तर्क र प्रमाणका आधारमा विरोधीहरूले फैलाएका भ्रमहरू चिर्न डिजिटल क्याम्पेन (प्रविधिमैत्री प्रचार) सञ्चालन गरिने छ ।
अध्यक्ष ओलीले एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै सूचना प्रविधिको माध्यमबाट हुने राजनीतिक प्रचारमा पार्टीले प्रभावकारी उपस्थिति देखाउनुपर्नेमा जोड दिनुभयो । पार्टीले गरेका काम र उपलब्धिलाई जनतासम्म सही ढङ्गले पुर्याउन नेता–कार्यकर्ताले भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो । उहाँले कार्यकर्तालाई आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय भएर संगठन निर्माण, जनसम्बन्ध विस्तार र अनुशासनमा ध्यान दिन निर्देशन दिनुभयो ।
विरोधीहरूका भ्रमहरू चिर्न डिजिटल क्याम्पेनः अध्यक्ष ओली
सेयर गर्नुहोस्
