detail-img

शहीदहरूको स्मृतिमा कार्यक्रम 

काठमाडौं । नेकपा (एमाले) ले जहानियाँ राणा शासन अन्त्यका लागि शहादत प्राप्त गर्नुभएका वीर शहीदहरूको सम्मानमा भोलि माघ १४ गते शहीद स्मृति कार्यक्रम आयोजना गरेको छ । 
पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा शहीद स्मृति दिवस मनाउन लागिएको हो । 
विक्रम सम्वत १९९७ मा शहादत प्राप्त गर्नुभएका शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गंगालालप्रति सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरी शहीद दिवस मनाउन लागिएको हो । शहीदहरूको सम्झना र सम्मानमा सरकारले हरेक बर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउँदै आएको छ ।