संविधानसभा निर्वाचन २०६४

सेयर गर्नुहोस्

तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा संविधानको ठाडो उल्लंघन गर्दै शासनसत्ता आफ्नो हातमा लिएपछि नेकपा (एमाले) सहित सात राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीबीच २०६२ मंसिर ७ गते सम्पन्न १२ बुँदे समझदारीपछि नेपालको राजनीतिले नयाँ मोड लियो । शान्तिपूर्ण जनआन्दोलनका सामु राजाले घुँडा टेकेपछि सात दलले माओवादी आन्दोलनको शान्तिपूर्ण अवतरणका लागि निर्णायक कदम चाले, जसको परिणामस्वरुप २०६४ चैत २८ गते नेपालमा पहिलो पटक संविधानसभाको निर्वाचन सम्पन्न भयो ।

निर्वाचन परिणाम

२४० सिट प्रत्यक्ष, ३३५ समानुुपातिक र मन्त्रिपरिषद्द्वारा मनोनीत २६ जना गरी ६०१ सदस्यका लागि २०६४ चैत २८ गते भएको संविधानसभाको पहिलो चुनावमा ५४ वटा दलले भाग लिएका थिए । कूल १,७६,११,८३२ मतदाता रहेकामा १,११,४६,५४० मतदाताले भाग लिएका थिए । खसेकोमध्ये १,०७,३९,०७८ मत सदर भएका थिए भने ४,०७,४६२ मत बदर भएका थिए ।

नेकपा (एमाले) “संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरौं, सवल र समृद्ध नेपालको निर्माण गरौं” भन्ने मूल नाराका साथ चुुनावी मैदानमा खडा भएको थियो । यस निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका ५४ दलले भाग लिएता पनि प्रत्यक्ष निर्वाचनबाट १० वटा दलले विजयी भए पनि समानुुपातिकतर्फबाट २५ वटा दल संविधानसभामा उपस्थित भएका थिए ।

यो निर्वाचनमा विभिन्न कारणले नेकपा (माओवादी) प्रत्यक्षतर्फ १२० सिट जितेर ३०.५२ प्रतिशत मत र समानुपातिकतर्फ ३१,४४,२०४ मत अर्थात् २९.२८ प्रतिशत मत प्राप्त गरी १०० जना समानुुपातिक प्रणालीअन्तर्गत निर्वाचित गरी जम्मा २२० जना सभासदसहित पहिलो दलका रूपमा संविधानसभामा प्रवेश गरेको थियो ।

नेपाली कांग्रेसले २४० सिटमा उम्मेदवारी दिएकोमध्ये ३७ सिटमा विजयी भएको थियो । कांग्रेस प्रत्यक्षतर्फ २३,४८,८९२ अर्थात् २२.७९ प्रतिशत मत र समानुपातिकतर्फ २२,६९,८८३ अर्थात् २१.१४ प्रतिशत मत पाएर ७३ जना सभासद यस प्रणाली अन्तर्गत निर्वाचित गरेर जम्मा ११० जना सभासदसहित दोस्रो दलमा झरेको थियो ।

नेकपा (एमाले)का लागि अनपेक्षित परिणाम आयो । प्रत्यक्षतर्फका २४० सिटमध्ये २३९ सिटमा उम्मेदवारी दिएकोमा जम्मा ३३ सिटमा मात्र विजयी भयो । प्रत्यक्षतर्फ कूल २२,२९,०६४ अर्थात् २१.६२ प्रतिशत मत प्राप्त गरेको थियो भने समानुपातिकतर्फ २१,८३,३७० अर्थात् २०.३३ प्रतिशत मत प्राप्त गरी ७० जना सभासदहरू यस प्रणालीअन्तर्गत निर्वाचित गरेको थियो । नेकपा (एमाले) जम्मा १०३ जना सभासदसहित तेस्रो ठूलो दलका रूपमा पहिलो संविधानसभामा उपस्थित रहेको थियो । महासचिवसहित प्रमुख नेताहरूले निर्वाचनमा पराजित भएका र आफ्नो दल तेस्रो स्थानमा झरेपछि पार्टीका महाचिवले नैतिकताका आधारमा राजीनामा गरेका थिए ।

पहिलो निर्वाचित हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्पm निर्वाचित हुने पार्टीहरूको तुलनात्मक स्थिति

क्र.स. पार्टीको नाम जम्मा उम्मेदवार जितेको सिट संख्या प्राप्त मत प्राप्त मतको प्रतिशत
१ नेपाल कम्युनिष्ट पार्टी (माओवादी) २४० १२० ३१, ४५, ५१९ ३०.५२
२ नेपाली कांग्रेस २४० ३७ २३, ४८, ८९० २२.७९
३ नेकपा (एमाले) २३९ ३३ २२, २९, ०६४ २१.६३
४ मधेशी जनअधिकार फोरम, नेपाल १०३ ३० ६, ३४, १५४ ६.१५
५ तराई मधेश लोकतान्त्रिक पार्टी ९४ ९ ३, ४५, ५८७ ३.३५
६ सद्भावना पार्टी ८७ ४ १, ७४, ०८६ १.६९
७ जनमोर्चा नेपाल २०३ २ १, ३६, ८४६ १.३३
८ नेपाल मजदुर किसान पार्टी ९८ २ ६५, ९०८ ०.६४
९ राष्ट्रिय जनमोर्चा १२२ १ ९३, ५७८ ०.९१
१० स्वतन्त्र ७७४ २ १, २३, ६१९ १.२०

समानुपातिक निर्वाचन प्रणालीतर्फ सिट प्राप्त गर्ने राजनीतिक दल र सिट संख्याको तुलनात्मक स्थिति

क्र.स. पार्टीको नाम प्राप्त मत प्राप्त सिट संख्या प्राप्त मतको प्रतिशत
१ नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ३१, ४४, २०४ १०० २९.२८
२ नेपाली कांग्रेस २२, ६९, ८८३ ७३ २१.१४
३ नेकपा (एमाले) २१, ८३, ३७० ७० २०.३३
४ मधेशी जनअधिकार फोरम, नेपाल ६, ७८, ३२७ २२ ६.३२
५ तराई मधेश लोकतान्त्रिक पार्टी ३, ३८, ९३० ११ ३.१६
६ राष्ट्रिय प्रजातन्त्र पार्टी २, ६३, ४३१ ८ २.४५
७ नेपाल कम्युनिष्ट पार्टी (माले) २, ४३, ५४५ ८ २.२७
८ जनमोर्चा नेपाल १, ६४, ३८१ ५ १.५३
९ नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) १, ५४, ९६८ ५ १.४४
१० सद्भावना पार्टी १, ६७, ५१७ ५ १.५६
११ राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल १, १०, ५१९ ४ १.०३
१२ राष्ट्रिय जनशक्ति पार्टी १, ०२, १४७ ३ ०.९५
१३ राष्ट्रिय जनमोर्चा १, ०६, २२४ ३ ०.९९
१४ नेपाल मजदुर किसान पार्टी ७४, ०८९ २ ०.६९
१५ राष्ट्रिय जनमुक्ति पार्टी ५३, ९१० २ ०.५०
१६ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) ४८, ६०० २ ०.४५
१७ नेपाल सद्भावना पार्टी (आ) ५५, ६७१ २ ०.५२
१८ नेपाली जनता दल ४८, ९९० २ ०.४६
१९ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ७१, ९५८ २ ०.६७
२० समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपाल ३५, ७५२ १ ०.३३
२१ दलित जनजाति पार्टी ४०, ३४८ १ ०.३८
२२ नेपाल परिवार दल २३, ५१२ १ ०.२२
२३ नेपाः राष्ट्रिय पार्टी ३७, ७५७ १ ०.३५
२४ नेपाल लोकतान्त्रिक समाजवादी दल २५, ०२२ १ ०.२३
२५ चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपाल २८, ५७५ १ ०.२७
सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।

हामीसँग जोडिनुहोस्