detail-img

मिसन ग्रासरुटः को कहाँ ?

काठमाडौं । नेकपा (एमाले) को ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी  सुदृढीकरण तथा विस्तार अभियान यही फागुन ५ गतेबाट शुरू हुँदै छ । 
अध्यक्ष केपी शर्मा ओलीले अभियान शुरूको दिन फागुन ५ गते १२ः१५ बजे सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट एकसाथ सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । 
यस अभियानलाई प्रभावकारी बनाउन मिसन ग्रासरुट अनुगमन र संयोजनमा रहनुभएका कमरेडहरूको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज बसेको अनौपचारिक बैठकले अभियानमा खटिनुहुने कमरेडहरूको नाम  टुङ्गो लगाएको छ । बैठकले अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा पनि  छलफल गरी टुङ्गो लगाएको छ ।  
मूलतः केन्द्रीय कमिटी सदस्यहरूलाई पालिका तहमा दुईमहिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न लागिएको छ । अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरू खटिनुहुने भएको छ । सो अनुसार,
प्रदेश–१ मा
अष्टलक्ष्मी शाक्य, टोपबहादुर रायमाझी, शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की
मधेश प्रदेश
ईश्वर पोखरेल, रघुवीर महासेठ, गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल
बाग्मती प्रदेश
सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ
गण्डकी प्रदेश
युवराज ज्ञवाली, पदमा कुमारी अर्याल, किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा
लुम्बिनी प्रदेश
रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य,  भानुभक्त ढकाल र राजन भट्टराई  
कर्णाली प्रदेश
सुवासचन्द्र नेम्वाङ, योगेशकुमार भट्टराई,  यामलाल कँडेल, गोरखबहादुर बोगटी र शिवमाया तुम्वाहाम्फे

सुदूरपश्चिम प्रदेश
विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा
विशेष कमिटी (केन्द्रीय कार्यालय)
शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र डा. भीष्म अधिकारी हुनुहुन्छ । 
अभियानमा खटिनुहुने कमरेडहरूको नामावली यस प्रकार छः 

 

नामावलीका लागि यहाँ क्लिक गर्नुहोस ।
अभियानको विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस ।