detail-img

पार्टीलाई जगैदेखि बलियो बनाउनुपर्छः ज्ञवाली  

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक अस्थिरताका कारण समाजमा अराजकताको मनोबल बढेको वताउँदै गोङ्गवुको बसपार्क क्षेत्रमा भएको लुटपाटको घटना त्यसकै परिणाम भएको वताउनुभएको छ । 
नेकपा (एमाले) ले हिजो फागुन ५ गतेदेखि शुरू गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत विशेष प्रदेश कमिटीका कमरेडहरूलाई अभिमुखीकरण गर्दै उपमहासचिव ज्ञवालीले नेकपा (एमाले) मुलुकमा राजनीतिक स्थायित्वका लागि प्रयास गरिरहेको र अस्थिरता चाहनेहरू वाह्यशक्तिको समेत जोडबलमा असफल पार्न लागिपरेको वताउनुभयो ।

 
राष्ट्रपति चयनको कुरा सहमति भइसकेको विषय भए पनि राष्ट्रिय सहमतिको कुराले माओवादी केन्द्रको मुड बदलिएको हो कि भन्ने सन्देश गएको र त्यसको निरन्तर असर देखिएको वताउनुभयो । 
उहाँले अहिले राष्ट्रिय हितमाथि चुनौतीको अवस्था रहेको, नयाँ सरकार गठनबाट पुँजी बजारमा उत्साह देखिए पनि मुलुकको आर्थिक सङ्कटमै रहेको र जनतामा निराशा रहेको वताउँदै यि विषयलाई चिरेर अगाडि बढ्नुपर्ने अवस्थाको जानकारी गराउनुभयो । 
उपमहासचिव ज्ञवालीले नेकपा (एमाले) सत्तामा रहे पनि नरहे पनि जनताप्रतिको निष्ठामा विचलित नहुने सन्देश यस ग्रासरुट अभियानबाट दिनुपर्ने वताउनुभयो  ।
नेकपा (एमाले ) का गैरभूगोलका दुई विशेष कमिटी रहेका र ती कमिटी अन्तर्गत करिव ५२ हजार सदस्य संगठित छन् । उपमहासचिव ज्ञवालीले विशेष कमिटी अन्तर्गतका नेताकार्यकर्तालाई पार्टी जगैदेखि बलियो बनाउने काममा लाग्न निर्देशन दिनुभयो ।