detail-img

ग्याल्पो ल्सोसारमा शुभकामना–  ‘बहुसाँस्कृतिक विशेषता देशको मौलिक पूँजी’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  बहुसाँस्कृतिक विशेषताहरू हाम्रो देशको मौलिक पूँजीको रूपमा रहेको र एकता, सहिष्णुताको यस विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने वताउनुभएको छ । 
शेर्पा समुदायको प्रमुख चाड ग्याल्पो ल्होसारका अवसरमा आज (२०७९ फागुन ९ गते) दिनुभएको शुभकामना सन्देशमा अध्यक्ष ओलीले विभिन्न सँस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधार भएको उल्लेख गर्नुभएको छ । 
अध्यक्ष ओलीले ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी÷दाजुभाइहरूमा सुस्वास्थ्य, समृद्घि, एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । 
अध्यक्ष ओलीको शुभकामना सन्देश यस प्रकार छः