detail-img

मिसन ग्रासरुटः कर्णालीमा केन्द्रीय प्रतिनिधि हेरफेर 

काठमाडौं । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत कर्णालीमा पाँचजना केन्द्रीय प्रतिनिधि थप गरिएको र यस अघि विभिन्न पालिकाको जिम्मेवारीमा खटाइएका केन्द्रीय प्रतिनिधिमा हेरफेर भएको छ । 
सो अनुसार रुकुम पश्चिमको चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा सीपी घर्तीलाई कायम राखी मोहनमाया ढकाललाई हटाइएको छ ।   
सल्यानको कालिमाटी र कपुरकोट गाउँपालिकामा चुडामणि शर्माले केन्द्रीय प्रतिनिधिका रूपमा काम गर्नुहुने छ भने बिरामी हुनुभएकाले कमला शर्मालाई विदा दिने निर्णय भएको छ । 
सल्यानकै सिद्ध कुमाख र कुमाख गाउँपालिकामा ठम्मर बहादुर बिष्टलाई रहनुहुने छ भने बिरामीका कारण कृष्ण हमाललाई विदा दिइएको छ ।  
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकामा भैरब सुन्दर श्रेष्ठलाई रहनुहुने छ भने चन्द्र बिकलाई त्यहाँको जिम्मेवारीबाट विदा दिइएको छ ।   
दैलेखको आठबिसकोट नगरपालिका र ठाँटीकाँध गाउँपालिकामा चन्द्र बिक केन्द्रीय प्रतिनिधिको जिम्मेबारीमा रहनुहुने छ भने मोहनमाया ढकाललाई हटाइएको छ ।   
सल्यानको गुराँस गाउँपालिकामा मोहनमाया ढकाललाई कायम गरी र भैरब श्रेष्ठलाई त्यहाँको जिम्मेवारीबाट विदा दिइएको छ ।   
त्यस्तै सल्यानको डुङ्गेश्वर गाउँपालिकामा काशी बराललाई थप गरिएको छ । जाजरकोटको भेरी नगरपालिका र कुसे गाउँपालिकामा धुर्ब शाहीलाई कायम गरी बिरामीका कारण तीर्था गौतमलाई त्यहाँको जिम्मेवारीबाट विदा दिइएको छ ।   
डोल्पाको छार्का ताङ्सोङ र डोल्पो बुद्ध गाउँपालिकामा करबीर शाहीलाई राख्ने र ठम्मर बिष्टलाई हटाउने निर्णय भएको छ ।  
त्यसैगरी डोल्पाको ठुली भेरी नगरपालिकामा लालबहादुर महतरालाई कायम गरी अनेकिसंघको कामका कारण बखत भण्डारी जान नसक्ने असमर्थ रहनुभएकाले उहाँलाई त्यहाँको जिम्मेवारीबाट विदा दिने निर्णय भएको छ ।   
कालिकोटको शुभ कालिका र महाबै गाउँपालिका र तिलागुफा नगरपालिामा तर्क शाहीलाई राखेर व्यवहारिक कामले जान नसक्ने छक्क लामा त्यहाँको जिम्मेवारीबाट विदा दिइएको छ ।   
कालिकोटको खाँडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिकामा मीना रखाललाई कायम गरी सिपी घर्तीलाई हटाउने निर्णय भएको छ ।