detail-img

नेकपा (एमाले) सचिवालय बैठकः सरकारबाट बाहिरिने निर्णय

काठमाडौं । नेकपा (एमाले) ले वर्तमान सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको छ  ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।


गत २०७९ पुस १० गते वर्तमान सरकार गठन हुँदा सरकार सञ्चालनका लागि बनेको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन नगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमतिलाई उल्लङ्घन गरेकाले नेकपा (एमाले) सरकारबाट बाहिरिने निर्णय गरेको हो ।  
यसैगरी मुलुकको हित, स्थिरता र समृद्धिको मर्म विपरीत कार्य गरेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको विश्वासको मत नेकपा (एमाले) ले फिर्ता लिएको छ ।  
पार्टीको निर्णयसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायत नेकपा (एमाले) बाट सरकारमा रहनुभएका सबै आठैजना मन्त्रीले आजै मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।