detail-img

मिसन ग्रासरुटले पार्टीलाई थप उचाईंमा पुर्याउने विश्वास 

काठमाडौं । मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत विभिन्न जिल्लामा अभिमुखीकरणका साथै अभियानमा निर्धारित कामलाई केन्द्रमा राखेर गतिविधि सञ्चालन गरिएको छ ।
 
नुवाकोट
मिसन ग्रासरूटअन्तर्गत नुवाकोटमा पनि अभियान सुरु गरिएको छ । पार्टीका सचिव गोकर्णराज विष्टले विदुरमा अभियानको शुभारम्भ गर्नुभयो । कार्यक्रममा स्थायी कमिटी सदस्य रघुजी पन्त, नेताहरू कृष्णकुमार राई, माधव अर्याल, शर्मिला कार्की, हरिकृष्ण व्यञ्जनकार, गीता कार्की लगायत सहभागी हुनुहुन्थ्यो । 
 
जुम्ला
जुम्ला जिल्लाका प्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका सचिव योगेश भट्टराईको आतिथ्यमा खलङ्गा बजारमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । 
कार्यक्रममा स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल, सहइञ्चार्ज गोरखबहादुर बोगटी तथा केन्द्रीय सदस्यहरू विष्णु रिजाल, नगिन्द्र शाही, दल रावल, केन्द्रीय प्रतिनिधि गेहेन्द्र दाहाललगायतको सहभागिता थियो । 
कार्यक्रममा सचिव भट्टराईले नयाँ गठबन्धन निर्माणमा लाग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पुस १० गतेको सहमतिमा फर्किन आग्रह गर्नुभयो । नेकपा (एमाले) को साथबाट मात्रै प्रचण्ड बलियो बन्ने धारणा व्यक्त गर्नुभयो ।  

पर्वत
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य खगराज अधिकारीले मिसन ग्रासरुट अभियानले पार्टीलाई अर्को उचाईमा पुर्याउने बताउनुभएको छ । 
मिसन ग्रासरुट अभियानअन्तर्गत पर्वतमा आयोजित अभिमुखीकरण कार्यक्रममा उहाँले अस्थिरता अन्त्यका लागि नेकपा (एमाले) बलियो शक्ति बनेर आगामी निर्वाचनबाट स्थापित हुनुपर्ने बताउनुभयो । 
पछिल्लो निर्वाचनमा नेकपा (एमाले) ले लोकप्रिय मत पाएको तर पहिलो दल बन्न नसकेको चर्चा गर्दै उहाँले ५०० भन्दा कम मतले २० भन्दा बढी सिट गुमाउन पुगेकाले अब त्यो अवस्था आउन दिन नहुनेमा जोड दिनुभयो ।

गोरखा
मिसन ग्रासरुटअन्तर्गत शनिबार गोरखामा जिल्लास्तरीय बैठक सम्पन्न भएको छ । 
स्थायी कमिटी सदस्य किरण गुरुङको प्रमुख आतिथ्य र जिल्ला अध्यक्ष प्रेम गुरूङको अध्यक्षतामा बसेको बैठकमा नेताहरू तिलक महत, टुका हमाल, रामशरण बस्नेत, रवीन्द्र अधिकारी, किशोरबिक्रम मल्ल, केन्द्रीय सल्लाहकार परिषद सदस्य दीपेन्द्र अधिकारीलगायतको सहभागिता थियो । 
बैठकले मिसन ग्रासरूट अभियानको कार्ययोजना बनाउँदै पालिकाहरूमा बैठकको मिति तय गरेको छ भने फागुन २१ गते सबै पालिकामा सहिद दिवस मनाउने निर्णय गरेको छ । बैठकमा दीपेन्द्र अधिकारी, टुका हमाल र किरण गुरुङले मार्गनिर्देश गर्नुभएको थियो । 

उदयपुर
नेकपा (एमाले) को मिसन ग्रासरूट अभियानलाई सफल बनाउन उदयपुर जिल्ला कमिटीको बैठकले दुई महिने कार्ययोजना बनाएको छ । 
पार्टी स्थायी कमिटी सदस्य तथा १ नम्बर प्रदेश कमिटी इन्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष परमेश्वर घिमिरेको अध्यक्षतामा बसेको बैठकमा केन्द्रबाट खटाइनुभएका नेताहरू तैयब हुसेन, अमृतलाल राजवंसी, प्रदेश १ का अध्यक्ष तुलसी न्यौपाने लगायतको उपस्थिति रहेको थियो । 

 
बारा 
बारा जिल्लाकोे जितपुर सिमरा उपमहानगर कमिटीको बैठक सम्पन्न भएको छ । 
बैठकमा पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेलले कार्यकर्ताको एकताले नै हरेक खालका समस्याको समाधान गर्न सकिने बताउनुभएको छ । उहाँले विगतमा पाँच दलीय गठबन्धन गरेर नेकपा (एमाले) लाई हराउन खोज्दा पनि हराउन नसकेको उल्लेख गर्दै स्थानीय कमिटी व्यवस्थित र पार्टी कार्यकर्तालाई वैचारिक प्रशिक्षणका लागि ग्रासरुट अभियान सञ्चालन गरेको प्रष्ट पार्नुभयो । 
कार्यक्रममा केन्द्रीय सदस्य तथा ग्रासरुट अभियानका प्रतिनिधि अरविन्द सिंहले ग्रासरुट अभियानको बारेमा थप प्रष्ट पार्नुभएको थियो । नगर अध्यक्ष भोला अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य सुन्दर विक, मनोज पौडेल, किशोर शर्मा, राजमहमद राय, सीता सुवेदी, दिनेश ठाकुर, चयन गुरुङ लगायतका नेताहरूको सहभागिता रहेको थियो । बैठकले वडा कमिटीका बैठकहरू तय गरेको छ भने जनसङ्गठन संयन्त्रको भेला आयोजना गर्नुका साथै स्थानीय तह सन्चालनका लागि पालिका दल तथा वडा दल निर्माण गर्ने निर्णय गरेको छ ।

कास्की 
मिसन ग्रासरुट अभियानअन्तर्गत पोखरा महानगरपालिकामा जिम्मेवारी पाउनुभएका गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य तथा सदस्यहरूको योजना बैठक पोखरामा बसेको छ । 
महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य मायानाथ अधिकारी र प्रदेश कमिटी उप–सचिव रश्मी आचार्यले अभियानको उद्देश्य र योजनाबारे प्रशिक्षण दिनुभएको थियो । गण्डकी प्रदेश कमिटीले सबै प्रदेश सदस्यलाई जिम्मेवारी निर्धारण गरेको छ । अभियानसम्बन्धी विस्तृत योजना महानगर कमिटीको फागुन १६ गते बस्ने बैठकले तय गर्ने बताइएको छ । 

कञ्चनपुर
मिसन ग्रासरूटअन्तर्गत कञ्चनपुरको बेलौरी नगरपालिकाको नगर कमिटी बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार पार्टी केन्द्रीय सदस्य सहदेव बोगटीको उपस्थिति र नगर कमिटी अध्यक्ष बाबुराम न्यौपानेको अध्यक्षतामा बैठक तथा अभिमुखीकरण सम्पन्न भएको हो । 
बैठकमा पार्टी प्रदेश कमिटी सदस्य बिष्णु अवस्थी, कमला कार्की, करिमा राना र प्रदेश प्रतिनिधि अशोक चन्द, मोहन गिरी, कल्पना गिरी लगायतका नेताहरूको सहभागिता रहेको थियो । बैठकले विष्णु अवस्थी, कमला कार्की, अशोक चन्द, मोहन गिरी, भारमल सुनार र बाबुराम न्यौपाने रहेकोे सचिवालय गठन गरेको छ । यस्तै, बैठकले १० वटै वडामा वडा भेला गर्ने गरी योजना बनाउन सचिवालयलाई जिम्मेवारी दिएको छ । 

हुम्ला
हुम्लाको सिमकोट गाउँ कमिटीले शनिबार विशेष कार्यक्रम आयोजना गरेको छ । 
कार्यक्रमबाट गाउँ कमिटी र वडा कमिटीको कार्य विभाजन, सिमकोट गाउँ कमिटीको रिक्त रहेको उपाध्यक्ष पद मनोनित र सिमकोट गाउँ कमिटका अध्यक्ष चिन रावतको नेतृत्वमा १३ सदस्यीय पालिका कार्यदल गठन गरिएको छ । 
कार्यक्रममा मिसन ग्रासरुट अभियानका केन्द्रीय प्रतिनिधि लंक शाहीले पार्टीका पुराना सदस्यलाई थप प्रोत्साहन दिने र नयाँलाई स्वागत तथा सदस्यता कार्ड वितरण गर्ने अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
यसैबीच, अभियानअन्तर्गत हुम्लाको ताँजकोट गाउँपालिकामा पनि पालिकास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणसँगै बैठकले वडा र टोलस्तरीय कार्ययोजना निर्माण गरेको छ । 

रूकुम पश्चिम
मिसन ग्रासरुटअन्तर्गत रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । 
पार्टीका नेता रतननाथ योगीको उपस्थिति र पालिका कमिटीका अध्यक्ष दिनेश चन्दको अध्यक्षतामा बैठक तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रदेश प्रतिनिधि टंक ओली, राजनकुमार पुन, तिलक मल्ललगायत जिल्लाबाट खटाईएका जिल्ला कमिटी सदस्यहरूको उपस्थिति थियो ।

बाँके
मिसन ग्रासरुटअन्तर्गत बाँकेको खजुरा गाउँपालिका कमिटीको बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) का केन्द्रीय सदस्य ड्क बहादुर खड्काको उपस्थितिमा पालिका कमिटी अध्यक्ष गेहेन्द्र धितालको अध्यक्षतामा बसेको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ । 
बैठकमा बाबुराम गौतम, किस्मत कुमार कक्षपती, आरती पौडेल, रत्न खत्रीलगायत नेताहरूले सम्बोधन गर्नु भएको थियो ।

तनहुँ
नेकपा (एमाले) केन्द्रीय सचिव एवम् प्रदेश इञ्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न तनहुँ जिल्ला कमिटीको सचिवालय बैठकले पालिकास्तरका बैठक÷भेला÷ प्रशिक्षण÷ सदस्य विस्तारको योजना बनाएको छ । 
बैठकमा पार्टी पोलिटब्यूरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य कृष्ण पौडेल, विद्या भट्टराई, भगवती न्यौपाने, बालकृष्ण काउछा मगर, सीमा क्षेत्रीलगायत नेताहरूले अभियानको बारेमा प्रशिक्षण दिनुभएको थियो । 
बैठकले फागुन १६ र १७ गते जिल्ला स्तरीय प्रशिक्षण गर्ने, फागुन १९, २० र २१ गते पालिका बैठक आयोजना गर्ने, २५ गते जिल्ला सल्लाहकार कमिटीको प्रशिक्षण गर्ने र २६ गते जनसंगठन संयन्त्रको बैठक बसी अभियानको योजना बनाउने निर्णय गरेको छ । बैठकको अध्यक्षता जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गर्नु भएको थियो ।