detail-img

पोखरामा १९७ जना ज्येष्ठ कम्युनिष्टको सम्मान 

काठमाडौं । नेकपा (एमाले) पोखरा  महानगर कमिटीको आयोजनामा आइतबार (फागुन  २१ गते) पोखरामा सहिद  दिवस  एवं  ज्येष्ठ कम्युनिस्ट  सम्मान  कार्यक्रम   आयोजना गरियो । 
कार्यक्रममा पोखरा  महानगरका ३३ वटै वडाबाट  प्रतिनिधित्व हुने गरी छनोट भई आएका १९७ जना जेष्ठ  कम्युनिस्टको सम्मान  गरिएको  थियो ।


पार्टीका  स्थायी  कमिटीका सदस्य एवं गण्डकी प्रदेश  सरकारका मुख्यमन्त्री खगराज  अधिकारीको प्रमुख  आतिथ्यमा, केन्द्रीय कमिटीका सदस्य एवं  पोखरा  महानगरका लागि मिसन ग्रासरुटका केन्द्रीय  प्रतिनिधि   मायानाथ अधिकारी र केन्द्रीय  कमिटी  सदस्य  कृष्ण  थापा, केन्द्रीय  सल्लाहकार परिषद  सदस्य  टेकु  नेपाली, प्रदेश  कमिटीका उपाध्यक्ष मोहन  रेग्मी, प्रदेश  सचिवालय  सदस्य डा. पुष्पा केसी  भण्डारी र जिल्ला  कमिटीका अध्यक्ष मनबहादुर  गुरूङले कार्यक्रमलाई सम्बोधन गर्दै  मिसन  ग्रासरुट  अभियानको उद्देश्य र आवश्यकताको चर्चा  गर्दै सहिदको बलिदान  खेर  जान नदिने र अग्रज  कम्युनिस्टहरूको योगदानलाई नभुल्ने सङ्कल्प  गर्नुभयो ।