detail-img

‘माधव– प्रचण्ड कम्युनिष्ट आन्दोलन विसर्जन गर्ने बाटोमा’

काठमाडौं । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रङ्ग बदल्न सिपालु भएको वताउनुभएको छ । 
चितवनमा नेकपा (एमाले) भरतपुर नगर कमिटीद्वारा  आयोजित विस्तारित बैठकमा मिसन ग्रासरुटका केन्द्रीय प्रतिनिधि बास्कोटाले कांग्रेसको पछि लागेर कम्युनिस्ट पार्टीहरूले समाजवाद ल्याउने नारा ‘काशी जाने कुतिको बाटो’ भएको बताउनुभयो ।
नेता बास्कोटाले भन्नुभयोे–‘प्रचण्ड र माधव नेपाल कम्युनिस्ट आन्दोलनको विसर्जनको बाटोमा छन् । पार्टी फुटाउँदा लगेको सिटसमेत गुमाएर गठबन्धन गरेकाले नेकपा एस र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी ठूलो बनाउन नभई विसर्जन गर्ने बाटोमा लागेका छन् ।’
नेकपा (एमाले) लाई तल्लोे तहसम्मका कमिटी सुदृढीकरण, संगठन निर्माण, सदस्यता नवीकरण र छलफल प्रशिक्षणका लागि पार्टीेले देशैभर ग्रासरूट अभियान चलाउने क्रममा भरतपुरमा सो कार्यक्रम सञ्चालन भएको नेकपा (एमाले) भरतपुर नगर कमिटीका अध्यक्ष शंकर थपलियाले वताउनुभयो ।
कार्यक्रममा नेता बास्कोटासहित पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य हरि सापकोटा, नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, उपाध्यक्ष कमलराज पाठक लगायतले पार्टी सुदृढीकरण तथा विस्तारका लागि चलाइएको मिसन ग्रासरुटको उद्देश्य र पार्टीको अपेक्षाका बारेमा बोल्नुभएको थियो ।