detail-img

गुल्मीमा पालिकास्तरीय कार्यक्रम सकिए

गुल्मी । गुल्मीमा मिसन ग्रासरुट अन्तर्गतका १२ वटै स्थानीय तहमा पालिका स्तरीय कार्यक्रम सम्पन्न भएका छन् ।  नेकपा (एमाले) जिल्ला कमिटी गुल्मीका उप–सचिव धर्म विश्वकर्माका अनुसार अहिले फागुन १८ गतेबाट वडास्तरीय कार्यक्रम सञ्चालन भइरहेका छन् ।

 

मिसन ग्रासरुट अन्तर्गत पालिकास्तरमा अन्तरक्रिया, भेला, वडा कमिटी गठन पुनर्गठन, सदस्यता नवीकरण, जनसंगठनका अधिवेशन र विस्तार गर्ने काम भइरहेको जानकारी विश्वकर्माले दिनुभयो । 
अभियान अन्तर्गत पार्टीका वडास्तरका कार्यक्रम फागुन २९ गतेसम्म सञ्चालन हुने छन् ।
गुल्मीमा नेकपा (एमाले) पोलिटव्यूरो सदस्य ठाकुर गैरे, केन्द्रीय सदस्यहरू सिर्जना काफ्ले, चन्द्रबहादुर खड्का र बलराम अधिकारी केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएको छ ।  
पोलिटव्यूरो सदस्य ठाकुर गैरे र जिल्ला कमिटीका उपसचिव धर्म बिश्वकर्मा सहितको टोलीले रुरुक्षेत्र, कालिगण्डकी र सत्यवति गाउँपालिकामा मिसन ग्रासरुटका कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै केन्द्रीय सदस्य सिर्जना काफ्ले र जिल्ला कमिटी उपाध्यक्ष कृष्ण सुनार सहितको टोलीले गुल्मीदरबार, चन्द्रकोट र छत्रकोटमा अभियान सञ्चालन गरिरहेको छ ।
त्यसैगरी केन्द्रीय सदस्य चन्द्रबहादुर खड्काको नेतृत्वमा जिल्ला कमिटी उपसचिव सावित्रा आचार्य सहितको टोलीले रेसुङ्गा नगरपालिका, धुर्कोट र मदाने गाउँपालिकामा अभियान सञ्चालन गर्ने जिम्मेवारी अनुसार कार्यक्रम गरिरहेको नेकपा (एमाले) गुल्मीले जनाएको छ । 
त्यस्तै केन्द्रीय सदस्य बलराम अधिकारी र जिल्ला कमिटी सचिव गणेश श्रीपाली सहितको टोलीले मुसिकोट नगरपालिका, मालिका र इस्मा गाउँपालिकामा मिसन ग्रासरुट अभियान सञ्चालन गरिरहेको नेकपा (एमाले) गुल्मीका उपसचिव विश्वकर्माले वताउनुभयो ।