detail-img

जुम्लाको तातोपानीमा वडास्तरीय कार्यक्रम सम्पन्न 

काठमाडौं । नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत आज (२०७९ फागुन २३ गते) जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा वडास्तरीय कार्यक्रम सम्पन्न भएको छ ।
वडा कमिटीका अध्यक्ष मिमबहादुर बुढ्थापाको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय कमिटी सदस्य विष्णु रिजाल, नेकपा (एमाले) जुम्लाका अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्य शान्ता शाही, प्रदेश प्रतिनिधि आदिप्रसाद न्यौपाने, नारायणी चौलागाईं, जिल्ला कमिटीका उपाध्यक्ष सुरतबहादुर शाही, सचिव धनकृष्ण पाण्डे, सदस्य धीरज जैसीलगायतको उपस्थिति थियो ।
वटा ८ वडा रहेको तातोपानी गाउँपालिकका ३ वटा वडामा एमालेले अभियान सम्पन्न गरेको छ । बाँकी वडाहरूमा अभियान सञ्चालन गरिने पालिका अध्यक्ष पूर्ण पाण्डेले बताउनुभएको छ ।