detail-img

गण्डकी प्रदेशः लमजुङमा जनप्रतिनिधिको भेला सम्पन्न 

काठमाडौं । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत लमजुङमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको भेला बेसीशहरमा सम्पन्न भएको छ । 
नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य टुकराज सिग्देलको उपस्थिति र पार्टीका  लमजुङ जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय सदस्य एवम् लमजुङ ईन्चार्ज मायानाथ अधिकारी, केन्द्रीय सदस्य एवम् लमजुङ सह–इञ्चार्ज जमीन्द्रमान घले, गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी लगायतले जनप्रतिनिधिले आफ्नो क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरी पार्टी निर्माणमा लाग्नुपर्ने बताउनुभयो । 
भेलाले पार्टी र जनप्रतिनिधिबीचको अन्तरसम्बन्ध, उत्कृष्ट कार्यसम्पादन, पार्टीको काम र विकास निर्माणमा एक आपसमा सहयोग र साथ रहनुपर्ने निष्कर्ष निकालेको छ । भेलामा नेकपा (एमाले) केन्द्रीय सदस्य सम्झना देवकोटा, प्रदेश कमिटी उपाध्यक्ष मोहन रेग्मी तथा लमजुङबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरूको सहभागिता थियो । 
कास्कीको माछापुच्छ्रे–९ मा बैठक
मिसन ग्रासरूट अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ को वडा कमिटी बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) केन्द्रीय सदस्य कल्पना चापागाईको उपस्थिति र वडा कमिटीका अध्यक्ष टेकबहादुर श्रेष्ठको अध्यक्षतामा कुइबाङमा बैठक सम्पन्न भएको हो । 
बैठकलाई पार्टीका प्रदेश कमिटी उप–सचिव रश्मि आचार्य लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो । बैठकले १४ वटा टोल कमिटी र जनसंगठनका वडा कमिटी परिचालनको योजना बनाएको छ । बैठकमा गण्डकी प्रदेश कमिटी सदस्य सुनिल गौतम, मिमबहादुर विक, जयलाल दवाडी, माछापुच्छ्रे पालिका कमिटी अध्यक्ष विक्रम गुरुङ, उपाध्यक्ष केशव पोखरेल लगायत सहभागी हुनुहुन्थ्यो । 
नवलपुरका आठवटै पालिकाका विस्तारित बैठक सम्पन्न
नवलपुरको मध्यविन्दु नगरपालिकामा पार्टीको नगर कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य भुपेन्द्र बहादुर थापाको उपस्थिति र नगर कमिटीका अध्यक्ष मधुविलास अधिकारीको अध्यक्षतामा बैठक सम्पन्न गरिएको हो ।


बैठकले अभियानलाई टोल–टोलसम्म प्रभावकारी रूपमा सञ्चालन गर्ने, पार्टी सदस्यता नवीकरण तथा प्रदान गर्नेगरी पालिका कमिटीका सदस्यहरूलाई वडागत रूपमा जिम्मेवारी समेत तोकेको जिल्ला सचिव एवम् मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीले जानकारी दिनुभयो ।
यससँगै मिसन ग्रासरुट अभियानअन्तर्गत नवलपुरका आठ वटै पालिकाको विस्तारित बैठक सम्पन्न भएका छन् । जिल्लाका कावासोती, देवचुली, गैडाकोट र मध्यविन्दु नगरपालिका तथा बौदीकाली, हुप्सेकोट, विनयी त्रिवेणी र बुलिङटार गाउँपालिका कमिटीका विस्तारित बैठक सम्पन्न भएका हुन् ।
यसैबीच नवलपुरमा वडागत रूपमा समेत अभियान सञ्चालन भइरहेका छन् । हालसम्म जिल्लाका एक दर्जन वडाहरूमा अभियान सञ्चालन भइसकेका छन् । नवलपुरमा केन्द्रीय प्रतिनिधिका रूपमा  केन्द्रीय सदस्य जमीन्द्रमान घले, भुपेन्द्र बहादुर थापा र भीम कार्की खटिनुभएको छ ।
गोरखामा विभिन्न पार्टीका ३२ कार्यकर्तालाई पार्टीमा स्वागत
मिसन ग्रासरुटले गोरखाको पालुङटार नगरपालिकामा पनि तिब्रता पाएको छ । अभियान अन्तर्गत वडाहरूका बैठक धमाधम भइरहेका छन् ।
यसैक्रममा पालुङटार नगरपालिका वडा नम्बर ९ मा भएको बृहत कार्यकर्ता भेलामा ३२ जना विभिन्न पार्टीका कार्यकर्ताहरू नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । उहाँहरूलाई केन्द्रीय सदस्य टुकाभद्र हमालले पार्टीमा स्वागत गर्नुभयो । नवप्रवेशीहरूलाई पार्टीले उचित जिम्मेवारी दिने उहाँले बताउनुभयो । यसैगरी, गोरखाको शिरानचोक गाउँपालिका र अजिरकोट गाउँपालिकामा पनि मिसन ग्रासरुट अन्तर्गत विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।