detail-img

नुवाकोट र धादिङमा अभियानको समीक्षा

नुवाकोट ।  नुवाकोटमा मिसन ग्रासरूटको एक महिना पुगेको अवसरमा मध्यावधि समीक्षा गरिएको छ । पार्टीका स्थायी कमिटी सदस्य काशिनाथ अधिकारीको प्रमुख आतिथ्यमा मध्यावधि समीक्षा गरिएको हो । 
समीक्षा कार्यक्रममा पोलिटव्यूरो सदस्य कृष्ण राई, बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डे लगायत केन्द्रीय अभियन्ताहरू, जिल्ला पदाधिकारी र १२ वटै पालिकाका पार्टी नेतृत्वको उपस्थिति रहेको थियो ।
धादिङ
मिसन ग्रासरूट अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिकामा पनि मध्यावधि समीक्षा बैठक सम्पन्न भएको छ ।   केन्द्रीय प्रतिनिधिहरू कैलाश ढुङ्गेल, केशव स्थापित, विन्दा ढुङ्गाना, बावुराम थापा, रूपनारायण श्रेष्ठ, हरि सापकोटा, प्रदेश र जिल्ला कमिटी सदस्यहरूको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।