detail-img

नेकपा एसका जिल्ला अध्यक्ष शर्मा र माओवादीका प्रदेश कमिटी सदस्य चनारा एमालेमा 

कोहलपुर । नेकपा एकीकृत समाजवादीका रुकुम पश्चिमका जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा र नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य गङ्गाराम चनारा नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । 
उहाँहरूलाई नेकपा (एमाले) का महासचिव शंकर पोखरेल लगायतका नेताहरूले मङ्गलबार यहाँ आयोजित एक कार्यक्रमबीच पार्टीमा स्वागत गर्नुभयो । 
उहाँसहित नेपाल पत्रकार महासंघ रुकुमका पूर्व अध्यक्ष तथा माओवादी केन्द्रका नेता गणेश विक ‘चिन्तन’, माओवादी केन्द्रका जिल्ला समन्वय समिति रुकुम पश्चिमका सदस्य सुनिता चनारा, दलित मुक्ति मोर्चा प्रदेश समिति सदस्य गोरख विक, माओवादी केन्द्रका नेता स्थानीय तिलक बस्नेत, मीना मल्ल बस्नेत, नेकपा विप्लवका जिल्ला नेता कपिल विक, असल  क्षेत्री, डिल्लीराज शर्मा, शिव रसाइली लगायत एमालेमा प्रवेश गर्नुभयो । 
सो अवसरमा मिसन ग्रासरुटका लागि लुम्बिनी प्रदेशमा खटिनुभएका पार्टीका स्थायी कमिटी सदस्यद्वय राजन भट्टराई र भानुभक्त ढकाल, केन्द्रीय सदस्य सूर्य ढकाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।