detail-img

सरकार जनताप्रति उत्तरदायी भइरहेको छैनः पौडेल 

धनगढी । नेकपा (एमाले) का उपाध्यक्ष बिष्णु प्रसाद पौडेलले सरकारलाई आफ्ना हरेक गल्ती महङ्गो पर्ने वताउनुुभएको छ । 
पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अन्तर्गत मङ्गलबार डोटीमा जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले सरकार जनताप्रति उत्तरदायी हुन नसकेको बताउनुभयो । उहाँले सरकारका जनविरोधी काम विरुद्ध एमालेले जनपरिचालन गर्ने बताउनुभयो ।


डोटीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा पार्टीका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मिसन ग्रासरुट कार्यक्रमले जनता माझ एमालेलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । 
प्रशिक्षण कार्यक्रममा स्थायी समिति सदस्य तथा सुदूरपश्चिम सह इन्चार्ज कर्ण थापाले संगठन र जनस्तर दुबैमा एमालेलाई बलियो बनाउन मिसन ग्रासरुट सञ्चालन गरिएको बताउनुभयो ।  एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले संसद र जनपरिचालन मार्फत एमालेले सरकारका कामको निगरामी गर्ने बताउनुभयो । 
प्रशिक्षण कार्यक्रममा जिल्लाका अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।