detail-img

खानीखोलाको कुलकुले भिरमा श्रमदान

खानीखोला (काभ्रेपलाञ्चोक) । नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत काभ्रेपलाञ्चोकको खानीखोलामा जनश्रमदान गरिएको छ । जिल्लाकै विकट गाउँपालिकाका नागरिक सडक हुने गरेको अवरोधका कारणले समस्यामा परिरहेको समयमा एमालेले श्रमदान गरेर सडकको अवरोध हटाएको हो । 
बाह्रैमहिना आवतजावत हुनसक्ने गरी जिल्ला सदरमुकामसम्म सडक पहुँचको प्रयास थालिएको खानीखोलामा श्रमदान गरिरहेका नेकपा (एमाले) का कार्यकर्ताले वताए ।  
जिल्लाको अति विकट गाउँपालिका भनेर चिनिँदै आएको खानीखोला गाउँपालिकामा नेकपा (एमाले) को मिसन ग्रासरुट  चल्दै गर्दा खाली भाषण मात्रै गरिरहने दृश्य भन्दा पनि फरक दृश्य देखिएको छ । 
गाउँपालिकाको वडा नं ७ मा मिसन ग्रासरुटमा सहभागी कार्यकर्ताहरूले बाटोमा भोग्दै आएको अफ्ठारोलाई एकतामा बल हुन्छ भन्ने सन्देश बोकेर बोलीमा भन्दा पनि व्यवहारमा देखाएका छन् । 
वर्षौंदेखि बस चल्ने कच्ची सडकमा डरलाग्दो यात्रा गर्दै आएको भए पनि सम्बन्धित निकायले ध्यान नदिँदा यात्रा जोखिमयुक्त थियो । खानीखोला–७ को कुलकुले भिरमा बिगत छ महिनादेखि सर्वसाधारण यात्रुहरू बोक्ने बस आङ नै सिरिङ्ग हुँदै डरलाग्दो यात्रा गरिरहेको देखिरहेका स्थानीय एमालेजनले पार्टीको मिसन ग्रासरुट अन्तर्गत श्रम शिविर चलाई बाटो फराकिलो बनाई यात्रुबस निर्धक्क गुड्ने वातावरण तयार गरेको नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य शेखर लामाले बताउनुभयो । 
श्रम शिविरमा गाउँपालिका कमिटी, वडाको कमिटीसहित दुई दर्जनभन्दा बढी युवा सो सहभागी थिए । उक्त जनश्रमदान टोलीको नेतृत्व पार्टीका पोलिटव्यूरो सदस्य रामेश्वर फुँयालले गर्नुभएको थियो ।