detail-img

मोरङको बेलवारीमा वडागत प्रशिक्षण सम्पन्न 

विराटनगर । नेकपा (एमाले) ले सञ्चालन गरिरहेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत मोरङको बेलवारी नगरपालिकामा वडागत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
पार्टीका पोलिटव्यूरो सदस्य तथा मिसन ग्रासरुटका लागि केन्द्रीय प्रतिनिधि देवेन्द्र दहालको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पोलिटव्यूरो सदस्य दहालले मिसन ग्रासरुटको उद्देश्य, पार्टीको अपेक्षा र कार्यकर्ताले गर्नुपर्ने काम लगायत पार्टी सुदृढीकरणका विषयमा प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो ।

 
कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्यहरू सन्जिव रोकाहा, कमल गौतम, मोहन न्यौपानेका साथै जिल्ला कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो । मोरङ जिल्लामा पुरानो कम्युनिष्टहरूको गढ मानिने बेलबारीमा पार्टीका नेताहरू वडा र टोल टोलमा पुग्नुभएबाट स्थानीयमा नयाँ उत्साह थपिएको प्रदेश कमिटी सदस्य रोकाहाले वताउनुभयो । 
यसैगरी मिसन ग्रासरुट अन्तर्गत केराबारी–५ मा पार्टी वडा कमिटीको अधिवेशन सम्पन्न भएको छ ।