detail-img

रामेछापमा समीक्षा बैठक 

रामेछाप । नेकपा (एमाले) ले सुरु गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत राजधानी काठमाडौंलगायत देशैभर विभिन्न कार्यक्रमहरू भइरहेका छन् । 
यसैबीच, रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा मिसन ग्रासरुटको मध्यावधि समीक्षा बैठक सम्पन्न भएको छ । 
पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता र पार्टी जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । 
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू कपिलदेव पोखरेल, निरु दर्लामी, कृष्णप्रसाद दाहाल, केन्द्रीय सल्लाहकार परिषद् सदस्य राजकुमार श्रेष्ठ लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो । 
बैठकमा हालसम्म सञ्चालन भएको अभियान र त्यसबाट प्राप्त उपलब्धि तथा अभियान सञ्चालनको क्रममा देखिएका चुनौतीका बारेमा अभियानमा खटिनुभएका प्रतिनिधिहरूले रिर्पोटिङ गर्नुभएको थियो । 
टोखामा अन्तर्क्रिया
यसैगरी, काठमाडौंकोे टोखा नगरपालिका वडा नम्बर ३ कमिटीले आयोजना गरेको स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि र स्थानीय पार्टी कमिटीको नेतृत्वबीचको अन्तर्क्रिया कार्यक्रम सप्पन्न भएको छ । 
पार्टी स्थायी कमिटी सदस्य रघुजी पन्तको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य पन्तले जनप्रतिनिधिहरूले पार्टीको संगठनलार्ई फाइदा पुग्नेगरी जनताका काम गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा बागमती प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डे, प्रदेश सदस्य श्याम घिमिरे लगायत नेताहरूले धारणा राख्नुभएको थियो । 
काठमाडौ महानगरकाका ११ वटा वडाहरू (१, ६, ७, ८, ९, १०, ११, २९, ३०, ३१ र ३२) मा एक चरणको बैठक सम्पन्न गरी वडा नं ६, ७, ८, र ९ मा प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भएको छ । 
वडा नम्बर ८ र ९ मा पार्टी पोलिटव्यूरो सदस्य आनन्द पोखरेलको उपस्थितिमा कार्यक्रम सम्पन्न भएका छन् ।  
यस्तै, वडा नम्बर ६ मा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र प्रदेश कमिटी सदस्य सीताराम रेग्मी, जिल्ला कमिटी सदस्य ज्ञानमाया डंगोल लगायत नेताहरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन् । वडा नम्बर ७ मा बागमती प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
मकवानपुर
यस्तै, मकवानपुरमा नेकपा (एमाले) केन्द्रीय कमिटी, प्रदेश, जिल्ला र हेटौँडा उपमहानगरपालिका कमिटीले विभिन्न समयमा जारी गरेका अन्तरपार्टी निर्देशन (अपानी)÷परिपत्र र निर्णयअनुसारका कामहरूको तथ्याङ्क सङ्कलन तथा प्रतिवेदन लेखनको लागि प्रतिवेदन लेखन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


पार्टी पोलिटव्यूरो सदस्य पार्वत गुरूङको उपस्थितिमा  कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आगामी २०८० चैत ५ गते सम्मको कार्ययोजना निर्माण गरिएको छ भने कार्ययोजना कार्यान्वयनको लागि कार्यदल गठन गरिएको छ । 
कार्यक्रमलाई सम्बोधन गर्दै पोलिटव्यूरो सदस्य गुरूङले पार्टी कामलाई व्यवस्थित गर्ने काममा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।