detail-img

प्रचण्ड प्रधानमन्त्री रहेको समय देशले चरम आर्थिक सङ्कटको सामना गर्दै 

हुम्ला । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले माओवादीको नेतृत्वमा देशमा समाजवाद आउँछ भन्नु बालुवा पेलेर तेल निकाल्छु भन्ने जस्तो मुर्खता भएको बताउनुभएको छ । 
पार्टीको दुई महिने मिसन ग्रासरुट अन्तर्गत हुम्लाको चंखेली गाउँपालिकाको मध्यावधि समीक्षा बैठकलाई सम्वोधन गर्दै सचिव भट्टराईले देशमा समाजवादको नेतृत्व एमाले बाहेक अरु कसैले गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो । 
समाजवाद हुँदै साम्यवादका नारा लगाएर दश वर्षे सशस्त्र सङ्घर्ष गरेको माओवादीका अध्यक्ष प्रचण्ड देशको प्रधानमन्त्री हुँदा देशले इतिहासकै सबै भन्दा बढी आर्थिक सङ्कटको सामना गरिरहेको उहाँको भनाइ छ । 
नेकपा (एमाले) नेतृत्वको सरकारले कर्णाली कोरिडोर र कर्णाली राजमार्गलाई कर्णालीको लाइफ लाइनका रूपमा अघि बढाएको उहाँले वताउनुभयो । 
नेकपा (एमाले) चंखेली गाउँ कमिटीका इन्चार्ज पुनिमल रावलको  अध्यक्षतामा बसेको बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इञ्चार्ज गोरखबहादुर बोगटी, केन्द्रीय सदस्यत्रय निरज आचार्य, नवराज रावत, दल फडेरालगायत नेताहरूले निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो । 
जुम्ला 
जुम्लाको गोठीचौर गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा केन्द्रीय प्रतिनिधिसमेत रहनुभएका पार्टी केन्द्रीय सदस्य नगिन्द्र शाही (नेसनल) प्रदेश कमिटी सदस्य डाक्टर कुसेन्द्र महत, प्रदेश प्रतिनिधि जयबहादुर खत्री, जिल्ला कमिटी उपसचिव प्रेम बुढा लगायत नेताहरूले तीनवटै वडा कमिटीका पदाधिकारीहरूसँग फिल्डमै पुगेर छलफल गर्नुका साथै अहिलेसम्मको प्रगतिको मूल्याङ्कन र निरीक्षणसमेत गर्नुभएको छ । पार्टी सदस्यता नवीकरणको अवस्था बुझ्ने र नयाँ सदस्यता आवेदन सिफारिसका निम्ति पालिका कमिटीको बैठक शुक्रबार बस्ने निर्णय गर्दै थप कार्य विभाजनसमेत गरिएको छ । 
दैलेख
दैलेखको दु्ल्लु नगरपालिकाको वडा नम्बर १३ मा सातवटा टोल कमिटी, चारवटा जनसंगठन, वडास्तरीय समन्वय संयन्त्र गठन भएको छ । केन्द्रीय प्रतिनिधि मीनबहादुर शाहीको उपस्थितिमा विभिन्न कमिटीहरू गठन गरिएको हो । कमिटीका पदाधिकारीहरूलाई केन्द्रीय प्रतिनिधि शाहीले सपथग्रहण गराउनुभएको थियो ।