detail-img

अर्घाखाँचीको भूमिकास्थानमा कमिटीहरू गठन 

सन्धिखर्क । नेकपा (एमाले) ले सञ्चालन गरिरहेको मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका विभिन्न वडामा टोल कमिटी गठन गरिएको छ । 
केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका पार्टी पोलिटव्यूरो सदस्य सूर्य थापाको उपस्थितिमा भूमिकास्थान वडा नम्बर–५ मा जीवलाल बञ्जाडेको अध्यक्षतामा ११ सदस्यीय ३ नम्बर टोल कमिटी गठन गरिएको छ । कार्यक्रममा प्रदेश कमिटी सदस्य रामजी घिमिरे, जिल्ला कमिटी सदस्य प्रेम थापा र बसन्ता पौडेल लगायत नेताहरूको उपस्थिति रहेको थियो ।


यस्तै, असुरकोट नयाँगाउँ टोलमा रिता श्रेष्ठको अध्यक्षतामा सातसदस्यीय टोल कमिटी गरिएको छ भने अनराम बञ्जाडेको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल किसान महासंघ र देवा भण्डारीको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल महिला संगठन गठन गरिएको छ ।
असुरकोटमा फत्तबहादुर थापाको अध्यक्षतामा सात सस्यीय रातापोखरा टोल कमिटी, सीता थापाको अध्यक्षतामा १३ सदस्यीय धर्मावती टोल कमिटी र कमला सारूको अध्यक्षतामा ११ सदस्यीय सिद्धबाबा (बुधुनधारा) टोल कमिटी गठन गरिएको छ । 

कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ मा मिसन ग्रासरूट अन्तर्गतको कार्यक्रम सम्पन्न भएको छ ।

 

पार्टी केन्द्रीय सदस्य साजिदा सिदीकीको उपस्थिति र वडा कमिटीका अध्यक्ष रजत धोबीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, जिल्ला कमिटी सदस्य गोपाल थापा र रिता चौधरी, नगर कमिटी उपाध्यक्ष महताब आलम खाँ लगायत नेताहरू उपस्थित हुनुहुन्थ्यो ।