detail-img

कपिलवस्तुको वाणगङ्गामा विषयगत प्रशिक्षण सम्पन्न 

कपिलवस्तु । नेकपा (एमाले) को दुईमहिने मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत पार्टीको वाणगङ्गा नगरपालिका वडा नं. ४ को नगर कमिटीको आयोजनामा शनिबार गजेहडामा विषयगत प्रशिक्षण सम्पन्न भएको छ । 
प्रशिक्षणमा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य दधिराम न्यौपानेले आउने निर्वाचनमा एमालेको बहुमत आउने गरी उत्साहका साथ जनताका  काम गर्न  पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो ।  
नेता न्यौपानेले जनसंगठन निर्माण, परिचालन, संगठित सदस्यको महत्वका विषयमा प्रष्ट्याउँदै पार्टी कमिटीहरु सही तरिकाले परिचालित हुनुपर्नेमा जोड दिनुभयो ।


जनताको बहुदलीय जनवादका बारेमा प्रशिक्षित गर्दै जबजका १४ विशेषताका बारेमा नेता न्यौपानेले वताउनुभएको थियो । उहाँले पार्टीको नीति कार्यक्रम जनता समक्ष पुर्याउनुपर्नेमा जोड दिनुभयो । डिजिटल नेपाल, सामाजिक सुरक्षा, जनताआवास कार्यक्रम, स्वास्थ्य बीमा जस्ता कार्यक्रम एमाले सरकारमा रहेको समयमा अगाडि बढाई समाजवादका आधारहरू तय भैसकेको बताउँदै पूर्ण समाजवादले मात्र समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्य हासिल हुने भनाई नेता न्यौपानेले राख्नुभयो ।  कार्यक्रममा प्रदेश कमिटी सदस्य बाबुराम खनालले कम्युनिष्टहरूको शैली, पद्धति र अनुशासनका बारेमा प्रशिक्षित गर्नुभएको थियो । कार्यक्रममा वाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणि अर्याल, उपमेयर रीताकुमारी चौधरी,  जिल्ला कमिटी सदस्य पार्वती पाण्डे, वडा अध्यक्ष छविरेश्मी मगर,  लोकनाथ ज्ञवाली, कविराज भुषाल, सीता न्यौपाने लगायतले समसामयिक विषयमा बोल्नुभएको थियो । 
कार्यक्रममा वडा कमिटीका अध्यक्ष देवी पाण्डेले वडाका सातवटै टोलबस्तीमा अभियान लगिएको, कमिटी गठन पुनर्गठन लगायतका कामहरू गरिएको बताउनुभयो । विषयगत प्रशिक्षण शिविरले नेता कार्यकर्तामा उत्साह थपिएको  उहाँले बताउनुभयो । 
अनेमसंघ वडा कमिटी गठन 
यसैगरी कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १२ मा टोलमा अखिल नेपाल महिला संघ वडा कमिटी गठन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अनेमसंघका केन्द्रीय सदस्य शिवकुमारी थारुले  जनताका मुद्दालाई स्पष्टसँग बुझ्ने र जनताका कुरा सुन्ने काम  मिसन ग्रासरुट मार्फत भएको बताउनुभयो । 
कार्यक्रममा  प्रदेश कमिटी सदस्य जंजिरप्रसाद चौधरीले  नेकपा (एमाले) को शक्ति र पार्टी प्रति युवा पुस्ताको आकर्षण बढेको बताउनुभयो । 
कार्यक्रममा जिल्ला कमिटीका सचिवालय सदस्य पिताम्बर खनालले  यस पटकको मिसन ग्रासरुट नेता स्वयम्को पनि अग्निपरीक्षा भएको वताउनुभयो । उहाँले पार्टीलाई एकताबद्ध बनाउँदै अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । विष्णु पोख्रेलको अध्यक्षता, कमला डुम्रेको सञ्चालनमा भएको कार्यक्रममा अनेमसंघ जिल्ला कमिटी सदस्य लक्ष्मी हमाल, वडा अध्यक्ष ढुण्डीराज अधिकारी लगायतले समसामयिक विषयमा बोल्नु भएको थियो ।  कार्यक्रममा सरस्वती भारतीको अध्यक्षतामा १३ सदस्यीय अनेमसंघ वडा कमिटी सर्वसम्मत चयन गरिएको छ ।