detail-img

कांग्रेसको पाउमा पर्नेहरू कम्युनिष्ट हुन सक्दैनन्ः गुरुङ

जुम्ला । नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले विदेशीको इसारामा बनेको गठबन्धनबाट मुलुक बन्न नसक्ने बताउनुभएको छ । नेकपा (एमाले) कर्णाली प्रदेशद्वारा विहीबार कर्णाली प्रचार भेलामा उपमहासचिव गुरुङले विदेशीको पाउमा पर्ने वर्तमान गठबन्धन सरकारले मुकुलको हितमा कुनै काम नगर्ने वताउनुभयो ।  
उपमहासचिव गुरुङले कांग्रेसको पाउमा पर्ने पार्टी कम्युनिस्ट हुनै नसक्ने वताउँदै उनीहरू कम्युनिस्ट आन्दोलनका गद्दार भएको धारणा राख्नुभयो । 
नेकपा (एमाले) ले देश बनाउने नेतृत्व गरेका कारण नै देशी–विदेशी प्रतिक्रियावादीले घेराबन्दी गरेको तथ्य प्रस्तुत गर्दै उपमहासचिव गुरूङले कर्णालीका जनतालाई माओवादीले निरन्तर धोका दिइरहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्यद्वय गोरखबहादुर बोगटी र  डा. शिबमाया तुम्बाहाम्फे, केन्द्रीय सदस्यद्वय बिष्णु रिजाल, नगेन्द्र शाही नेशनल, नेकपा (एमाले) जुम्ला जिल्लाका अध्यक्ष शान्तिलाल महत, एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन बिष्ट, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र एमाले केन्द्रीय प्रचार बिभागका सदस्य टीका बिष्टले धारणा राख्नुभएको थियो ।