detail-img

नेपाली समाजको मनोविज्ञान बुझेर क्रियाशील हुनुपर्नेः उपाध्यक्ष पाण्डे

सिन्धुली । नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत सिन्धुलीको सदरमुकाममा विहीबार जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो । भेलामा पार्टी सचिव सचिव गोकर्ण बिष्टको पनि आतिथ्यता थियो ।


भेलामा पार्टी केन्द्रीय सदस्यहरू सरेश नेपाल, गणेश पहाडी, कमल जङ्ग राई, जिल्लाबाट प्रतिनिधित्व गर्नु हुने केन्द्रीय सल्लाहकारहरू, प्रदेश कमिटीका सदस्यहरूसमेत उपस्थिति हुनुहुन्थ्यो । 
भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले नेपाली समाजको बदलिँदो परिवेश र मनोविज्ञानलाई आत्मासात् गरेर मिसन ग्रासरुटलाई अघि बढाउन नेताकार्यकर्तालाई आग्रह गर्नुभयो ।
यसैबीच, नेकपा (एमाले) का सचिव गोकर्ण बिष्टले पार्टीभित्रको अन्तर सङ्घर्षले नै पार्र्टीलाई जीवन्त राख्ने हुँदा तथ्य र तर्कमा रहेर मात्र पार्टीभित्र आफ्नो विचार राख्नुपर्ने बताउनुभएको छ । 
काठमाडौंको चन्द्रगिरीमा नेकपा (एमाले) चन्द्रागिरी नगरकमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सचिब बिष्टले पार्टीले देशब्यापी बनाएको मिसन ग्रासरुटले कार्यकर्ता र नेता सबैलाई उत्साहित बनाएको बताउनुभयो । 
मकवानपुरको बागमती गाउँपालिकामा समीक्ष बैठक
मकवानपुरको बागमती गाउँपालिका कमिटीको समीक्षा बैठक सम्पन्न भएको छ । 
मिसन ग्रासरुटका केन्द्रीय प्रतिनिधिसमेत रहनुभएका पार्टी केन्द्रीय सदस्य कमलजंग राईको उपस्थिति र चन्द्रबहादुर राईको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । 
बैठकले बाँकी वडा अधिवेशन बैशाख २ गतेभित्र सक्ने, गाउँपालिकाको अधिवेशन बैशाख १८ गते गर्ने, जनसंगठनहरूको गठन पुनर्गठन तथा भेला बैशाख ७ गतेभित्र गरी सक्ने निर्णय गरेको छ । 
यस्तै, वडा नम्बर ८ को पार्टी सदस्यता नवीकरण ९७ प्रतिशत सम्पन्न  भएको जानकारी दिइएको छ ।


बैठकमा बागमती  प्रदेश  सदस्य देबराज रिमाल, पद्मा पौडेल, दिलबहादुर घिसिङ लगायतका नेताहरू पनि सहभागी हुनुहुन्थ्यो । 
यसैबीच, बागमती गाउँपालिका कै वडा नम्बर ७ मा पनि वडास्तरीय प्रशिक्षण कार्यक्रम तथा वडा भेला सम्पन्न भएको छ । 
पार्टी केन्द्रीय समिति सदस्य विषमलाल  अधिकारी दनुवारको उपस्थिति र र वडा कमिटी अध्यक्ष तथा वडा अध्यक्षसमेत रहनुभएका होमप्रसाद बजगाईको अध्यक्षतामा भेला सम्पन्न भएको हो । 
भेलामा वडाका १० वटै टोल कमिटीका अध्यक्षहरूले पार्टी सुदृढीकरण अभियानको बारेमा रिपोर्टिङ गर्नुभएको थियो ।
रामेछापका विभिन्न वडामा प्रशिक्षण
रामेछापको मन्थली नगरपालिका, खाँडादेवी र गोकुलगंगा गाउँपालिकाका विभिन्न वडामा भेला र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
खाँडादेवी गाउँपालिका– ९ पिङखुरीमा पनि भेला तथ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय सदस्य कपिलदेव पोखरेलको उपस्थितिमा  भएको कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य ज्ञानकुमार श्रेष्ठ, पालिका कमिटी अध्यक्ष पुष्कर कार्की लगायतले मन्तव्य राख्नुभएको थियो ।

 
यस्तै, बागमती प्रदेश कमिटी सदस्य रत्न गौतमको उपस्थिति र वडा कमिटी अध्यक्ष  खुसहरि बुढाथोकीको अध्यक्षतामा मन्थली नगरपालिका –१२ मा पनि कार्यक्रम सम्पन्न भएको छ ।  
कार्यक्रममा जिल्ला कमिटी सदस्य आनन्द श्रेष्ठ, प्रदेश कमिटी सदस्य कृष्णहरि अधिकारी, लब श्रेष्ठ, जिल्ला कमिटी उपसचिव प्रकाशकुमार कार्की र होतराज ढकाल लगायत नेताहरूले मन्तव्य राख्नुभएको थियो । सोही क्रममा खुसहरी बुढाथोकीको अध्यक्षतामा पार्टी कमिटी पुनर्गठन समेत गरिएको छ । 
यता, गोकुलगंगा गाउँपालिका–२ ठोसेमा पनि वडा भेला सम्पन्न भयो । बागमती प्रदेश कमिटी सदस्य शान्तिप्रसाद पौडेलको उपस्थिति र वडा कमिटी अध्यक्ष चेतबहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वाग्मती प्रदेश कमिटी सदस्य खड्ग सुनुवार, दीपशिखा दाहाल लगायत नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।