detail-img

उद्योग तथा व्यवसायी महासंघ कर्णाली प्रदेशको कार्य समिति गठन 

सुर्खेत । नेकपा (एमाले) का सचिव योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यमा नेपाल उद्योग तथा व्यवसायी महासंघ कर्णाली प्रदेशको आज सम्पन्न प्रथम भेलाबाट कलाधर उपाध्याय (केदार) को अध्यक्षतामा ५७ सदस्यीय कार्य समिति गठन गरिएको छ । 
भेलामा पार्टीका स्थायी कमिटी सदस्य यामलाल कँडेल पनि  अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । 
कार्य समितिको उपाध्यक्षमा दान बहादुर थापा र योगमाया कार्की, सचिवमा  ज्ञानेन्द्र बिश्वकर्मा, कोषाध्यक्षमा कृष्णबहादुर भण्डारी, पाँच जना सह सचिवमा निशा पाण्डे, चिरन्जीवी रेग्मी, कर्ण बहादुर केसी, राजेन्द्र सिं ठकुरी, राजेन्द्र बिस्ट, सह कोषाध्यक्षमा चुडामणि ढकाल र अन्य सदस्यहरू रहनुभएको छ ।