detail-img

रोल्पाली जनतालाई माओवादीबाट धोका

रोल्पा । नेकपा (एमाले) रोल्पाले मिसन ग्रासरुट अभियानको मध्यावधि समीक्षा बैठक सम्पन्न गरेको छ । 
पार्टी स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्य र जिल्ला कमिटी अध्यक्ष बालाराम बुढामगरको अध्यक्षतामा बैठक सम्पन्न गरिएको हो । 
बैठकमा पार्टी पोलिटव्यूरो सदस्य खेममान खड्का, केन्द्रीय सदस्यहरू जीवन गौतम, हरि रिजाल, जङ्ग नेपाली तथा प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेललगायतको उपस्थिति रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य डा. भट्टराईले नेकपा (एमाले) सिद्धान्त, विचार, संगठन परिचालन, जनताप्रतिको जिम्मेवारी वहनमा उत्कृष्ट पार्टी भएकाले अन्य पार्टीहरूसँग तुलना हुनै नसक्ने विचार व्यक्त गर्नुभयो । 
माओवादीको नेतृत्वले सशस्त्र द्वन्द्वकालीन समयदेखि अहिलेसम्म रोल्पा र रुकुमका जनतालाई झुक्याउने र धोका दिने काममात्र गरेकाले रोल्पाको समृद्धि र विकास माओवादी पार्टी र तिनका नेताहरूबाट सम्भव नरहेको स्पष्ट पार्नुभयो । रोल्पाको विकास एमालेले गर्ने र त्यसका लागि आगामी निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउन मतदाताहरूसमक्ष उहाँले आग्रह गर्नुभएको छ । अभियानसँग सम्बन्धित बाँकी सम्पूर्ण कामहरूलाई चैत मसान्तसम्म सम्पन्न गरिसक्ने निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।