detail-img

लुम्बिनीमा विश्वको ध्यान जानु जरूरी छः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६७औं जन्म जयन्तीका अवसरमा अध्यक्ष ओलीले आज (बैशाख शुक्ल पूर्णिमा) शुभकामना सन्देश दिनुहुँदै सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पुर्याएको योगदानलाई मनन गरी संयुक्त राष्ट्र संघले आजको दिनलाई अन्तर्राष्ट्रिय बैशाख दिवस मनाउने घोषणा गरेको वताउनुभएको छ ।
सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल, पाँचहजार जनाले एकैपटक ध्यान गर्न सक्ने क्षमताको सभा भवन निर्माण लगायतका विकासका काम नेकपा (एमाले) को सरकारले गरेको स्मरण गर्दै अध्यक्ष ओलीले लुम्बिनी सिद्धार्थ गौतमको जन्मस्थलका साथै बुद्ध दर्शनको  उद्गमस्थल पनि भएकाले यस तथ्यमा विश्वको ध्यान जानु जरूरी रहेको वताउनुभएको छ । 
अध्यक्ष ओलीले शु्भकामना सन्देशमा बुद्ध जयन्तीका अवसरमा सबैको कल्याण र मङ्गलको कामना गर्दै सबैमा शान्ति र सुख प्राप्ति होस् भन्नुभएको छ । 
अध्यक्ष ओलीको शुभकामना यस प्रकार छः