detail-img

केन्द्रीय कार्यालय बैठकः कार्ययोजनामा छलफल 

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक महासचिव शंकर पोखरेलको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बस्यो । 
बैठकमा पार्टीको यही बैशाख २८ गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने कार्ययोजनाका विषयमा छलफल भयो । आज छलफल गरिएको कार्ययोजना भोलि बस्ने केन्द्रीय सचिवालयको बैठकमा प्रस्तुत गरिने छ भने केन्द्रीय सचिवालय बैठकमा छफफल गरी केन्द्रीय कमिटी बैठकमा एजेण्डाका रूपमा प्रस्तुत गरिने छ । 
बैठकमा महासचिवका साथै उपमहासचिवहरू र सचिवहरूको उपस्थिति रहेको थियो ।