detail-img

प्रवासी नेपाली मञ्च, मलेसियाको दोस्रो अधिवेशन सम्पन्न 

काठमाडौं । प्रवासी नेपाली मञ्च मलेसियाको अध्यक्षमा दयाराम कुमाल सर्वसम्मत चयन हुनुभएको छ । 
मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न दोस्रो अधिवेशनले कुमालको नेतृत्वमा नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा जीवन देवान गाउँले र खगेन्द्र श्रेष्ठ, सचिवमा कृष्ण खड्का, सह–सचिव रविन कार्की र दिनेश खप्तडी चयन हुनुभएको छ । 
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिवेशन उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेकपा (एमाले) का  केन्द्रीय सदस्य कृष्ण केसी, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठ लगायत नेताहरूले शुभकामना दिनुभएको थियो । 
गैरआवसीय नेपाली संघ मलेसियाका अध्यक्ष विनोद थापा, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष विपिन राई, प्रवासी नेपाली जनसम्पर्क मञ्च मलेसियाका अध्यक्ष चोला पंगेनीलगायतको उपस्थिति थियो ।