detail-img

अनेमसंघ केन्द्रीय विभाग प्रमुखहरूको बैठक सम्पन्न

काठमाडौं । अखिल नेपाल महिला संघको केन्द्रीय विभागका प्रमुखहरूको बैठक सम्पन्न भएको छ । 
अनेमसंघ केन्द्रीय कार्यालयमा यही असार २३ गते सम्पन्न उक्त बैठकले १८ वटा केन्द्रीय विभाग, अभियान कमिटीहरूलाई तत्काल पूर्णता दिने निर्णय गरेको छ । 
बैठकमा अनेमसंघका इन्चार्ज एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य सीता पौडेलले अनेमसंघका केन्द्रीय विभाग एवं कमिटीहरूलाई अनेमसंघको नीति निर्माण गर्ने र नयाँ विषयहरूको अध्ययन÷अनुसन्धान गर्ने थलोको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
उहाँले विभागहरूलाई चुस्तदुरुस्त बनाउनका लागि सचिवालयको तर्फबाट पदाधिकारीहरूलाई संयोजन गर्ने जिम्मेवारी तोकिएको जानकारी गराउनुभएको थियो ।
अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन पश्चात विभिन्न १८ वटा  विभाग, अभियान कमिटीहरू रहेकाछन्।् । बैठक अनेमसंघका अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
बैठकमा संघका उपाध्यक्षहरू सुमित्रा विसी, शर्मिला कार्की, डा. विमला राई पौड्याल, महासचिव पेम्बा लामा, उपमहासचिव शान्ति अधिकारी र कोषाध्यक्ष इन्दिरा फुयाँलको उपस्थिति रहेको थियो ।