detail-img

अध्यक्ष ओलीद्वारा दुःख व्यक्त 

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 
अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ– प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन संगिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु । दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।
प्रधानमन्त्री दाहालकी पत्नी सीताको आज बिहान नर्भिक अस्पतालमा  निधन भएको थियो ।