detail-img

अध्यक्ष ओली कम्वोडिया प्रस्थान 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कम्वोडिया भ्रमणका लागि गएराती सिङ्गापुर प्रस्थान गर्नुभयो । 
अध्यक्ष ओली कम्वोडियाको निर्वाचन आयोगको निमन्त्रणामा त्यहाँ हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि कम्वोडिया भ्रमणमा जानुभएको हो । कम्बोडियामा यही साउन ७ (जुलाई २३) गते संसदको निर्वाचन हुँदै छ । 
अध्यक्ष ओली साउन ८ गते स्वदेश फर्कनुहुने छ । 
अध्यक्ष ओलीका साथमा उहाँकी पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल लगायत हुनुहुन्छ । 
अध्यक्ष ओली विदेश भ्रमणमा रहनुभएको समयमा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलको नेताको जिम्मेवारी कार्यवाहकका रूपमा उपनेता सुवास नेम्वाङले सम्हाल्नुहुने भएको छ ।