detail-img

कोशी प्रदेश कमिटीको अधिवेशन असोज १२ र १३ गते 

काठमाडौं । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन आगामी असोज १२ र १३ गते हुने भएको छ । 
नेकपा (एमाले) का सचिव तथा प्रदेश इञ्चार्ज रघुवीर महासेठको उपस्थितिमा विराटनगरस्थित प्रदेश पार्टी कार्यालयमा मङ्गलबार बसेको प्रदेश कार्यालयको बैठकले असोज १२ र १३ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।  
अधिवेशन सम्पन्न गर्नका लागि साउन ११ गते बस्ने कार्यालयको बैठकले उपसमितिहरू गठन गर्नेछ ।