detail-img

निर्वाचन पर्यवेक्षणका लागि  डा. भट्टराई कम्बोडिया प्रस्थान

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डाक्टर राजन भट्टराई कम्बोडियाको संसदीय निर्वाचन अनुगमनका लागि बुधबार त्यसतर्फ प्रस्थान गर्नुभयो । 
इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आइक्याप) को गत मे, २०२३ मा दक्षिण कोरियाको बुसानमा सम्पन्न ३९औं स्थायी कमिटी बैठकले आइक्यापका स्थायी कमिटी सदस्यहरूले कम्बोडियाको निर्वाचन पर्यवेक्षण गर्ने निर्णय गरे अनुसार डाक्टर भट्टराई कम्बोडिया जानुभएको हो । 
उहाँ आइक्यापको स्थायी कमिटी सदस्य हुनुहुन्छ ।